RJ Details


   

Navraj Paneru

Reporter/News Presenter

Date of Birth:  

म नवराज पनेरु, अजयमेरु गावीस वडा नम्वर ६ डडेल्धुरामा २०५१ सालमा जन्म भई हाल धनगढी उप–महानगरपालीका वडा नम्वर ४ उत्तरवेहडीमा डेरा गरी बस्दै आएको छु । पठाईको लागी धनगढी झरेको म घरपरिवार पाल्ने जिम्मेवारी पनि मेरै काधमा भएकाले २०६८ साल माघ १३ गतेदेखी दिनेश एफएम ९३.८ मेगाहर्जमा काम गर्दै आएको छु । मेरो पढाई पनि पत्रकारीता नै हो । एफएमको समाचार शाखामा कार्यरत रहि समाचार लेखन, रिर्पोर्टीङ र विभीन्न कार्यक्रम पनि सञ्चालन गरीरहेको छु । विगत ५ बर्षदेखी दिनेश एफएममा प्रशारण भईरहेको अन्तरक्रियात्मक कार्यक्रम साझा मञ्चमा रिसर्चरको काम गरीरहेको छु । यस्तै रेडियो कार्यक्रम साझा बोली, विपद उत्थानसिलताका लागी ज्येष्ठ नागरीक सञ्चालन गरीरहेको छु भने ति कार्यक्रमको उत्पादक पनि म आफै हो । यसअघि रेडियो कार्यक्रम फेस टु फेस, भुकम्पका कुरा, माईतीको सन्देश, हाम्रो बनस्पति, जलवायु परिवर्तन न्युनीकरणमा हाम्रो प्रयास लगायतका कार्यक्रम सञ्चालन र उत्पादन गरेको अनुभव म संग छ । पत्ररकारीता क्षेत्रमै लागेर भविष्य उज्वल बनाउने लक्ष्य छ ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved