RJ Details


   

Shivraj Bhatt

News Chief

Date of Birth:  

मेरो नाम शिबराज भट्ट हो । म धनगढी उहानगरपालिका वडा नंं ४ उत्तरवेहडीमा बस्छु । मेरो जन्म २०३३÷०९÷ १७ गते बैतडीको दुर्गम देउलेक गाविस वडा न ९ चडेपानीमा भएको हो । २०४९ सालमा एसएसली गरेपछि, म २०५२ साल देखि पत्रकारितामा लागे । मेरो कान्छो बुवा भारतीय पत्रिका अमर उजाला र दैनिक जागरण विक्रि गर्ने भएकाले, मैले विए पढ्दै गर्दा भारतीय पत्रिका दैनिक जागरणबाट पत्रकारिता सुरु गरे । तीन वर्ष दैनिक जागरणमा काम गरेपछि मैले पछि मैले अमर उजालाको पश्चिम नेपाल सम्बाददाता भएर काम पाँच वर्ष काम गरे । म अन्नपुर्ण पोष्टमा २०५९ साल देखि कैलाली सम्बाददाताका रुपमा कार्यरत छु । राष्ट्रिय पत्रिकामा धेरै ब्यस्त नभईने भएकाले मैले चार वर्ष जति स्थानीय सुदूर सन्देश दैनिकमा कार्यकारी सम्पादकको रुपमा काम गरे । त्यसपछि, २०६८ माघ १ गते देखि म दिनेश एफएमको सम्पादक भएर काम गरिरहेको छु । म उज्यालो नेटवर्कमा पनि विगत १० वर्षदेखि कार्यरत छु । मैले कुमाउ विश्वविद्यालयबाट सन २००२ मा समाजशास्त्र विषयमा स्नातकोत्तर गरेको छु ।

Programs By : Shivraj Bhatt

© Dinesh FM 93.8 MHz. All Rights Reserved