RJ Details



Gopal Hamal

Managing Director

Date of Birth:  

मेरो नाम गोपाल हमाल हो । मलाई सुदूरपश्चिम क्षेत्रमा ब्यवसाय गर्न थालेको ३४ वर्ष भयो । २०४० चैतबाट धनगढीमा टीनको बाकस बनाउने ब्यवसायबाट मैले ब्यवसायीक सुरुवात गरेको हुँ । त्यसपछि, खाद्यान्न ब्यवसाय, होटल ब्यवसाय र कृषि औजार हुदै १५ वर्ष देखि ब्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग आवद्ध छु । एक कार्यकाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरेपछि, मैले सुन्दर सुदूरपश्चिम अभियान चलाए । अहिले पनि कैलाली उद्योग वाणिज्य संघ सुन्दर सुदूरपश्चिमको अभियानमा लागेको छ । मेरै कार्यकालमा सुदूरपश्चिमबाट सिन्डिकेट विरुद्धको आन्दोलन सुरु भइ सफल भएको हो । यस क्षेत्रका जनताको अवाज राजधानीमा बसेकाहरुले नसुन्ने भएकाले मैले कुनै एउटा स्थानीय मिडिया खोल्ने सोच बनाए र २०६४ साल असार १९ गते दिनेश एफएमको स्थापना भयो । दिनेश एफएम ब्यवसायीक रेडियो हो । मैले यस एफएमबाट समुदायका हरेक समस्याहरु उठान गर्नका लागि प्रयास गरिरहेको छु । म स्थापना कालदेखि दिनेश एफएमको प्रबन्ध निर्देशक छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved