RJ Details


   

Preeti Pariyar

Program Presnter

Date of Birth:  

म प्रिती परियार हो मेरो जन्म भूमी नेपालको कैलाली जिल्ला स्थित हसुलिया १ के गाउँ कैलालीमा मिति २०४६÷०७÷११ गते आमा शारदा देवी परियार बाबा पहराम परियारको चौथो सन्तानको रुपमा जन्म भएको हो । म कैलालीको गाउँले भेगमा जन्मीएर पनि मिडियामा बोल्ने चाहना र केही गर्छु भन्ने लक्ष्य बोकेर धनगढीमा २०१२ सालमा प्रवेश गरे सुदुरपश्चिमको आवाज दिनेश एफ.एम.९३.८ मेगा हर्ज मा कार्यक्रम संगित सरगम प्रत्यक्ष चलाउन सफल भए रेडियो तरङ्गबाट आवाजको दुनियामा आफ्नो आवाज मिसाउदै रेडियो प्रतिको, कार्यक्रमको प्रतिको काम, कतव्र्य र जिम्मेवारी थापिदै गयो । विभिन्न सामाजिक संजाल, विभिन्न सम्मानित व्यक्तिहरुसंगको परिचय र दिनेश एफ.ए्म.का प्रवन्ध निर्देशक गोपाल हमाल ज्यू र स्टेशन मेनेजर अमिता कुँवरसंगको संस्थागत परिवारिक परिचय भयो र स्रोतासंगको परिचय, माया र उहाँहरु संग आवाजको तरङ्ग मार्फत परिचित हुन पुगे, नजिकीन पुगे । आज सम्म पनि उहाँहरुसंग संगसंगै छु । लगभग ५ वर्ष हुन थाल्यो सोही स्टेशनमा कार्यक्रम प्रस्तोता भई क्रियाशिल भएर आफ्नो पदको सम्मान गर्दै काम निष्ठ भएर काम गर्दै आइरहेकी छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved