छाउपडी प्रथा नमान्ने ४७ जना महिला सम्मानीत

0

डिवि विष्ट, बझाङ १ कात्तिक ।

बझाङमा छाउपडी नमान्ने ४६ जना माललाई सम्मान गरिएको छ । महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले छाउ भएको समयमा घरभित्र बस्ने ४७ जना महिलाहरु र दही दुध समेत खाने ५ जना महिलाहरुलाई दोसल्ला ओडाई सम्मान गरेको ब्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक संयोजक भरत अधिकारीले बताउनुभयो ।

वझाङको सुनीकोटका ४७ जना महीलाहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । सम्मानित हुनेमा घट्टेबगरका १२ जना, बेडालका १२, गिरसयल, मौभेरा, खातीगाँउ, नुवापानीका ३÷३ जना, भाटगाँउ र असिसैनका २, सेरागाँउका ६ र चौरका १ जना महिला रहेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved