This is a test

दिनेश एफएम मल्टी मिडीया ग्रुपमा प्रवेश

0

 नवराज पनेरु, धनगढी फागुन १४ गते ।

अनेक आरोह अबरोह पार गर्दै स्थापनाको झण्डै दश बर्षपछि दिनेश एफएम मल्टी मिडीया ग्रुपमा प्रवेश गरेको छ । दिनेश खवर डटकमको सोमवार औपाचारीक रुपमा उद्धघाटन गर्दै मल्टीमीडियामा प्रवेश भएको हो । प्रदेश प्रमुख मोहनराज मल्लले दिनेश खवर डट कमको उद्धघाटन गरे । दिनेश खवर डटकमको उद्धघाटन गर्दै उनले समाचारको सबैभन्दा सुन्दर पक्ष विश्वनीयता भएकोले प्रदेश नम्वर ७ भरीका सबै किसीमका समाचारका लागी दिनेश एफएम र दिनेश खवरले विश्वनियता प्रदान गर्नुपर्ने बताए ।

प्रदेश नम्वर ७ को समृद्धीक लागी सबै क्षेत्र एक भएर अगाडी बढ्नु पर्ने बताउदै उनले त्यसमा सञ्चार माध्यमको भुमीका अझै महत्वपुर्ण हुने बताए । दिनेश खवरको उद्धघाटन कार्यक्रममा सहभागीहरुले प्रदेश नम्वर ७ का विकास र समृद्धीका मुद्धाहरुलाई अझै बुलन्द पार्न सुझाव दिएका छन् । दुर दराजका जनता समक्ष पनि एफएमका कार्यक्रमहरु पुग्नुपर्ने उद्येश्यका साथ खोलीएको दिनेश खवर डटकमले उक्त उदेश्य पुरा गर्न सफल हुनेमा पनि उनिहरुले विश्वास गरेका छन् । प्रदेश नम्वर ७ भरीका ग्रामीण क्षेत्रका मुद्धाहरुलाई बुलन्द पार्दै दिनेश खवरले धनगढी केन्द्र बनाएर प्रदेशभरीको पत्रकारीता गर्नुपर्ने धनगढीका दिपा मल्लले सुझव दिईन ।

प्रदेश नम्वर ७ का झण्डै ९ लाख बासीन्दाहरुले अहिले पनि रोजगारीका लागी भारतमा छन् भने तेश्रो मुलकमा जानेको सङख्या पनि बढिरहेको छ । केहि पढेलेखेका युवाहरु भने अहिले आफ्नै जन्मथलोमा भविष्य पनि खोजीरहेका छन् ।

त्यसैले एफएम र दिनेश खवर मार्फत प्रदेशभरी रहेका सम्भावना र विदेशीनुका पिडाहरुलाई समेट्न् पर्ने सुझव धनगढीका स्थानीय बासीन्दा विकास पाठकले दिए । चुनावका बेला जनप्रतिनीधीहरुले बाडेका आश्वासन र ति आश्वासन पुरा भए, नभएको विषय विगतदेखी नै दिनेश एफएमले उठान गर्दै आएको थियो ।

यो विषयलाई अनलाईन मार्फत पनि पढ्न, हेर्न र सुन्न पाउन सकिने बनाउने महिला अधिकारकर्मी चित्रा पनेरुले सुझाव दिईन । पछिल्लो समय संचार माध्यमहरुले राजनितिक घटनाक्रमहरुका समाचारहरुलाई बढी प्राथमिकता दिने गरेका बेला दिनेश एफएमले प्रदेश नम्वर ७ का ९ जिल्लाका मात्रै स्थानिय गतिबिधिहरुलाई समेटेर समाचार प्रसारण गर्ने गरेकोमा धेरै सहभागीहरुले प्रसन्नता व्यक्त पनि गरेका छन ।

अव दिनेश खवर डट कमबाट पनि खोज पत्रिकारीताको अपेक्षा गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजालले बताए ।

राष्ट्रिय मिडीयामा यस क्षेत्रका विकृती र विसंगतीका विषयहरु जोडतोडका साथ उठान गरीएपनि यहाँको सम्भावनाको विषय भने पर्याप्त रुपमा अटाउन सकिरहेको छैन् ।

त्यहि सम्भावनालाई दिनेश एफएमले एक दशकदेखी उठान गरीरहेकोमा अब दिनेश खवर डटकमले पनि सोही अभियानलाई जारी राख्ने छ ।

रेडियोले सिमीत क्षेत्रमा मात्रै उक्त अभियान पुगाउन सकेका बेला दिनेश खवर डटकमले भने विश्वभरीका प्रदेश नम्वर ७ का बासीन्दामा पुगाउने दिनेश एफएम र दिनेश खवर डटकमका प्रवन्ध निर्देशक गोपाल हमालले बताए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved