This is a test

८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता आज देखि

0

धनगढी, पुस १२ गते ।

धनगढीमा आज देखि ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो सघको आयोजनामा प्रतियोगतिा सुरुभएको हो । खेलहरु आज विहान १० बजेदेखि धनगढी रगशालामा सञ्चालन भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सासद नारदमुनी रानाले दिउसो ३ बजे गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगिताका सयोजक तथा गोजुरियो कराते दोसघका केन्द्रिय महासचिव प्रकाश चन्दले प्रतियोगितामा सहभागि हुन नेपाल सहित छ देशका करिव साढे चार सय वढी खेलाडीहरु धनगढी पुगिसकेको बताउनुभयो । प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन । प्रतिोगिताको कुमुतो विधा तर्फ प्रथम पुरुस्कार ५१ हजार, द्धितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१ हजार राखिएको छ । ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता बिहिवार सम्पन्न हुनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved