This is a test

५० मिटरको दुरीमा रहेको मेडिकल स्टोरबाट अस्पतालमा भ्याक्सीन पुगाउन पाँच दिन लाग्यो

0

दीपक जोशी, धनगढी ३२ साउन ।

सेती अञ्चल अस्पतालमा एक महिनाभन्दा लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन । सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत एक महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ ।

अस्पतालमा निशल्क भ्याक्सीन पाईने भएपछि रुपैया नबोकेरै खोप लगाउन आएका बिरामीहरु भने भ्याक्सीन नपाएर रित्तो फर्कन बाध्य छन । तर मंगलबार दिनेश एफएमको टीम पुगेपछि क्षेत्रीय मेडिकल स्टोरले भ्याक्सीन शुक्रबार नै आईसकेको भन्दै अस्पताल पठाएको छ । ५० मिटरको दुरीमा रहेको अस्पतालमा भ्यास्सीन पुग्न पाँच दिन लागेको हो ।

बहुलाहा कुकुरले टोकेपछि रेबिज रोग बिरुद्धको एन्टी रेबिज भ्याक्सीन लगाउन सेती अञ्चल अस्पतालमा आउने बिरामीहरु रित्तो हात फर्कन बाध्य भएका छन । नातीनीलाई कुकुरले टोकेपछि सेती अञ्चल अस्पताल पुग्नु भएकी गोदावरी ओलानीकी परुदेबी बोहराले भ्याक्सीन नपाएको बताउनुभयो । तर दिनेश एफएमको टीम पुगेपछि उनको नातीनिले रेविज विरुद्धको सुई लगाउन पाउनु भएको छ । अस्पतालमा एक महिनादेखी भ्याक्सिनको अभाव भएपछि विरामीहरु निराश बन्दै फर्कने गरेका थिए ।

क्षेत्रिय मेडिकल स्टोरमा भ्याक्सीनका लागि पटक पटक माग गरेपनि उपलब्ध नभएको सेती अञ्चल अस्पतालका आकस्मीक कक्ष प्रमुख कृष्ण बोहराले बताउनुभयो । रेविज विरुद्धको भ्याक्सीन नभएको थाहा पाएपछि दिनेश एफएमको टीम क्षेत्रीय मेडिकल स्टोर पुगेपछि त्यहाँ शुक्रबार नै भ्याक्सीन पुगिसकेको थियो ।

बहुलाहा कुकुरले टोकेका बिरामीहरुलाई रेबिज बिरुद्धको खोप पटक पटक गरी पाँच पटक लगाउनुपर्ने हुन्छ । सरकारले निशुल्क उपलब्ध गराउने यो खोप निजि मेडिकलहरुले पाँच सय भन्दा महंगो मुल्यमा बिक्री गर्ने गरेका छन । क्षेयित्र मेडिकल स्टोरका निमित्त प्रमुख लक्ष्मी श्रेष्ठ भने केन्द्र बाट नै भ्याक्सीन ढिलो आएको बताउनुहुन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved