
अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’को सम्पूर्ण छायांकन सकिएको जानकारी प्राप्त भएको छ । तोकिएको ४५ दिनमा काठमाण्डौबाट सुरु भएको सुटिङ अपर मुस्ताङ पुगेर सकिएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यो सिनेमाको हाल सम्पादन कार्य भईरहेको छ ।
असार ३० लाई रिलिज मिति तय गरिएको यस सिनेमामा अर्जुन पोखरेलको संगीत छ । सिनेमामा समावेश एक गीत केही दिनमै रिलिज हुने पनि जानकारी छ । ‘म यस्तो गीत गाउँछु’मा तीनवटा गीत समावेश भएको र गीतहरु निकै नै राम्रो भएको केही समय अगाडि अभिनेत्री पूजा शर्माले हामीलाई जानकारी दिएकी थिईन् ।
संगीतकार अर्जुन पोखरलेले यो सिनेमाका गीतमा निकै मेहनत गरेका छन् । अर्जुनले ‘प्रेमगीत’को लागि बनाएको ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’ निकै नै लोकप्रिय बन्यो । उनैले ‘म यस्तो गीत गाउँछु’को लागि ९ वटा गीतहरु बनाएका थिए जसबाट तीनवटा गीतहरु छनौट गरेर सिनेमामा राखिएको छ । दर्शकहरुले पनि यो सिनेमामा समावेश भएका गीतहरु सुन्न निकै उत्साहित भएको प्रतिक्रिया सामाजिक सञ्जालमा दिईरहेका छन् ।
साभार: