नरेन्द्र कार्की, दार्चुला १५ भदौ ।
दार्चुलाको मार्मा गाउँपालिका अन्तरगत पर्ने लटिनाथको रिल पहिरो विगत ३२ वर्षदेखि रोकिएको छैन । पहिरोका कारण साविकको लटिनाथ ८ सल्लेथुमका १२ परिवार विस्थापित भएका छन् । सल्लेथुम डाडाबाट हिउँद बर्खा निरन्तर ढुंगा गिट्टी झर्ने क्रम निरन्तर हुने गर्दछ । रिल पहिरोका कारण विटुले पारिवगर सडक खण्ड बर्खायाममा बन्द हुने गरेको छ । झण्डै ३ सय मिटर क्षेत्रमा फैलिएको रिलपहिरोका कारण बारम्बार सडक अवरुद्ध हुने गरेको छ । अहिले सल्लेथुम क्षेत्रमा चार पाँच परिवारकै मात्र बसोबास छ ।