This is a test

११ जना जुवाडे नगद सहित पक्राउ

0

बीपी अनमोल, महेन्द्रनगर १० साउन ।

कञ्चनपुर प्रहरीले सदरमुकाम महेन्द्रनगर बजारबाट ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ । मंगलबार दिउँसो छापा मारेर प्रहरीले जुवाका खालबाट करिब ६ लाख रकम सहित एघार जनालाई पक्राउ गरेको हो । भीमदत्त नगरपालिका ४ स्थित गल्ली नम्बर ५ मा रहेको चन्द्रा देबी रावलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद सहित उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायाको कमान्डमा खटिएको प्रहरीको टोलीले जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ सफल भएको हो । उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका एघारै जनामाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा डम्बर गिरी, कैलाश धामी, पंकज विष्ट, बिकास पाण्डेय, लोकेन्द्र सावद, शिवदत्त भट्ट, राजेन्द्र भण्डारी, बालकृष्ण भट्ट, दामोदर भट्ट, दिपक मगर र दिपक जोशीलाई पक्राउ गरेको हो । उनीहरुको  साथबाट नगद ५ लाख ९४ हजार ३ सय २० रुपैया समेत बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ । यस्तै विभिन्न कम्पनीका १० थान मोबाईल समेत बरामद गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved