२६ बैशाख,२०७४

एस एस राजमौलीको निर्देशनमा बनेको सिनेमा ‘बाहुबली २’ ले एक हजार करोड क्लबको खाता खोलेर नयाँ किर्तिमानी राखेको छ । सिनेमाले दोस्रो सातासम्म आईपुग्दा केही यस्ता रेकर्डहरु राखेको छ जुन अहिलेसम्म कुनै सिनेमाले राख्न सकेका थिएनन् । आज हामी सिनेमाले रिलिज भएको १० दिनमा राखेका १० रेकर्ड यहाँ प्रस्तुत गर्दैछौँ जसलाई हामीले एजेन्सीको सहयोगमा तयार पारेका हौँ ।
१.हजार करोड क्बल खोल्ने पहिलो सिनेमा
सिनेमाले ९ दिनमै हजार करोड क्लबको खाता खोलेको थियो । सिनेमाको १० दिनको वल्डवाईड कमाई एक हजार ६५ करोड भन्दा माथि पुगिसकेको छ । यो आईतबार सम्मको कमाई हो ।
२.छोटो समयमा तीन सयको आँकडा पार गर्ने पहिलो सिनेमा
घरेलु बक्स अफिसमा छोटो समयमा तीन सय करोडको आँकडा पार गर्ने पहिलो दक्षिण भारतीय (हिन्दी संस्करण) सिनेमा बनेको छ । सिनेमाले घरेलु बक्स अफिसमा मात्र १० दिनमा तीन सय २७ करोडको कारोबार गरिसकेको छ ।
३.तीन सय करोड क्लबमा प्रवेश गर्ने पहिलो दक्षिण भारतीय सिनेमा
बाहुबली तीन सय करोड क्लबमा प्रवेश गर्ने पहिलो दक्षिण भारतीय (हिन्दी संस्करण) सिनेमा बनेको छ । सिनेमाले घरेलु बक्स अफिसमा तीन सय ४७ करोडको कारोबार गरेको छ । १० दिनमा सिनेमाले तीन सय करोडको आँकडा पार गरेको हो ।
४.पहिलो साता धेरै कमाउने सिनेमा
‘बाहुबली २’ को हिन्दी संस्करणले पहिलो साता २ सय ४७ करोडको कारोबार गरेको थियो । घरेलु बक्स अफिसमा पहिलो साता यति कमाउने यो पहिलो भारतीय सिनेमा हो । यो भन्दा पहिले पहिलो हप्ता सिनेमा ‘सुल्तान’ले २ सय २९ करोडको कारोबार गरेको थियो । त्यस्तै दंगलले पहिलो साता एक सय ९८ करोडको कारोबार गरेको थियो ।
५. उत्तर अमेरिकामा सय करोड कमाउने पहिलो भारतीय सिनेमा
सिनेमाले उत्तर अमेरिकामा सय करोडको आँकडा पार गर्ने पहिलो भारतीय सिनेमाको रकेर्ड पनि आफ्नो नाम गरेको छ । उत्तर अमेरिकामा १० दिनमा १ सय ६ करोडको कारोबार गरेको छ ।
६.पाँच दिनमा दंगलको लाईफटाईम कमाईको रेकर्ड तोड्यो
२०१६ को क्रिसमसमा रिलिज भएको सिनेमा दंगलको लाईफटाईम कमाई ३ सय ८७ करोड थियो । बाहुबलीले यो कमाईको आँकडा पाँच दिनमै पार गर्यो । सिनेमाले पाँच दिनमा ४ सय ४० करोडको कलेक्शन गरेको थियो ।
७.तीन दिनमा अमेरिकामा सबैभन्दा धेरै कमाई
रिलिज भएको तेस्रो दिन अमेरिकामा सिनेमाले तीन दिनमा धेरै कमाउने भारतीय सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरेको छ । सिनेमाले अमेरिकी बक्स अफिसमा तीन दिनमा ६६ करोड भारतीय रुपैयाँ कमाएको छ ।
८.घरेलु बक्स अफिसमा दोस्रो दिन धेरै कमाउने सिनेमा
‘बाहुबली २’ रिलिजको दोस्रो दिन सबैभन्दा धेरै कमाउने सिनेमा पनि साबित भएको छ । सिनेमाले भारतमा दोस्रो दिन सबै भर्जनमा १ सय २ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो ।
९.घरेलु बक्स अफिसमा पहिलो दिन सय करोड
सिनेमाले घरेलु बक्स अफिसमा पहिलो दिन सय करोड कमाउने सिनेमाको रकेर्ड पनि आफ्नो नाम गर्यो । पहिलो दिन घरेलु बक्स अफिसमा १ सय २१ करोडको कारोबार गरेको थियो ।
१०.एडभान्स बुकिङ धेरै हुने सिनेमा
सिनेमाको एडभान्स बुकिङ ३६ करोडको भएको थियो । यस अघि सिनेमा दंगलको १८ करोडको एडभान्स बुकिङ भएको थियो ।
Source: forseenetwork.com