This is a test

होला त यसपालि गौरीफन्ट नाकालाई स्तरोन्नती गर्ने सम्झौता कार्यान्वयन ?

0

सीताराम ओझा, धनगढी १५ भदौ ।

नेपाल र भारतका प्रधानमन्त्री विच विगतमा भएका धेरै सम्झौताहरु कार्यान्वयनमा नआएर थन्किएका वेला प्रदेश नम्वर ७ को गौरीफन्टा नाकाको स्तरोन्नतीको नयाँ सम्झौता भएको छ । लामो समयदेखि स्वदेशी तथा विदेशी लगानी भित्राउनका लागि कसरत भईरहेका वेला गौरीफन्टाको स्तरोन्नती गरेर त्यसलाई अन्तराष्ट्रिय वनाउने कुरा सम्झौता पत्रको ३३ नम्वर वुँदामा लेखिएको छ ।
यो सहमति कार्यान्वयन भएमा यसक्षेत्रमा औधोगिक विकास हुन सक्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन । प्रधानमन्त्रीको भारत भ्रमणमा गौरीफन्टा नाकालाई स्तरोन्नती गर्ने सम्झौता कार्यान्वयन भएमा प्रदेश नम्वर ७ मा औधोगिक विकास हुने प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो पटक भएको भारत भ्रमणमा यसपाली यो क्षेत्रका केही व्यवसायी र अगुवाहरुको पनि सहभागीता रहेको थियो । भ्रमणमा सहभागी भएकाहरुले पनि सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन तर उनीहरु पनि भएका सम्झौता कार्यान्वयन हुनेमा ढुक्क भने हुन सकेका छैनन् । सम्झौतामा छिट्टै सचिव स्तरीय वैठकवाट टुंगो लगाउने उल्लेख गरिएकोले यसको कार्यान्वयका लागि सवैले दवाव सिर्जना गर्नुपर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष वोगटीले बताउनुभयो ।
गौरीफन्टा नाकालाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय स्तरको वनाउने नयाँ योजना सहित सुख्खा वन्दरगाह सुचना प्रविधि क्याम्पस पञ्चेश्वर परियोजना लगायतका धेरै योजनाहरु भारत जाने प्रधानमन्त्रीहरुले सम्झौता गरेर आउछन, तर भएका धेरै सम्झौता पनि अहिले कार्यान्वयनमा आउन सकेका छैनन । विगत दुई दशक अघि भएका सम्झौता पनि कागजमै सिमित भएका वेला यसपालीको भारत भ्रमणमा भएका सम्झौता पनि त्यसै थन्किने त होईन भन्ने आशंका गर्न थालिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved