नवराज पनेरु, धनगढी ११ असोज ।
नेपालीहरुको महान चाँड दशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार फुलपाती भित्राईदै छ । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ । सुदुरपश्चिमबासीले पनि आ–आफ्नो घरमा विधीवत रुपमा फुलपाती भित्राउदै छन् ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने गरिएको छ । कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् । धनगढीमा विगत झै यसपाली पनि तीन वटै सुरक्षा निकायले फुलपाती भित्राउने कार्यक्रम राखेका छन् । धनगढीमा तिन वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीले पनि फुलपाती भित्राउने गरेका छन् ।