This is a test

हवाई कम्पनीलाई उडान अनुमति पत्र नदिएको भन्दै नाटा सुदूरपश्चिमको विरोध

0

धनगढी, १२ साउन ।


नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएशन नाटा सुदूरपश्चिमले धनगढी उडानका लागि तयार भएर, एयर अप्रेशन सर्टिफिकेट (एओसी) पर्खिरहेको श्री एयरलाईन्सलाई अनुमति दिनमा ढिलाई गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ । नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बुधवार प्रेस विज्ञप्ती जारि गर्दै आफै विकास र समृद्धीमा पछाडि परेको सुदूरपश्चिममा उडान भर्छु भनेर तयार भएको हवाई कम्पनीलाई उडान अनुमति नदिनु राज्यको सुदूरपश्चिमबासी प्रतिको अन्याय भएको उल्लेख छ ।

श्री एयरलाईन्सले उडान अनुमति पत्रका लागि नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको झण्डै नौ महिना हुन थालेको छ । तर उसलाई विभिन्न बहाना बनाएर उडान अनुमति पत्र दिईएको छैन । हवाई माफियाहरुका कारण श्री एयरलाईन्सलाई उडान अनुमति पत्र नदिएको आरोप प्राधिकरणलाई लागेको छ ।

नाटा सुदूरपश्चिमले यस क्षेत्रको पर्यटन, उद्योग र होटल ब्यवसायमा महत्वपुर्ण टेवा पुग्ने कुरामा सरकारी निकायले ढिलासुस्ती गरेको प्रति विरोध जनाएको हो । यसले, नीजि क्षेत्रका लगानीकर्तालाई निरुत्साहीत पारेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सुदूरपश्चिममा हवाई सेवा दिन चाहने जुनसुकै हवाई कम्पनीलाई पनि छिटो उडान अनुमति दिन माग गरिएको छ । नाटा सुदूरपश्चिमले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नाटाको केन्द्रिय कार्यालयलाई विज्ञप्ती बोधार्थ पठाएको छ ।

यो पनि पढ्नुहोस:

हवाई उडान थप्नका लागि पहल गर्ने भीम रावलको आश्वासन
सीताराम ओझा

नेकपा एमालेलेका उपाध्यक्ष तथा प्रदेश नम्वर ७ का संयोजक भीम रावलले धनगढीमा हवाई उडान थप्नका लागि आफु पहल गर्न तयार रहेको वताउनुभएको छ । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले आफु धनगढी विमान स्थलको स्तरोन्ती भएर उडान थप हुनुपर्ने पक्षमा रहेकोले यो समस्या समाधानका लागि पहल गर्ने वताउनुभयो ।

उहाँले आफुलाई यस वारेमा जानकारी नभएकोले एयरलाईन्स सञ्चालकहरुले भनेमा त्यसका लागि तयार रहेको प्रतिवद्धता जनाउनुभयो । धनगढीमा कार्यालय खोलिसकेको श्री एयरलाईन्स र कर्मचारी राखिसकेको सौर्य एयरलाईन्सलाई नागरिक उड्डयन प्राधिकरणले एयर अपरेशन सर्टिफिकेट (एओसी) दिनमा ढिलाई गरेका कारण थप उडान हुन नसकेका वेला प्रदेश नम्वर ७ का संयोजक रावलले यो समस्या समाधानका लागि छलफल गर्ने वताउनुभयो ।

प्रदेश नम्वर ७ को दुई दिनसम्म धनगढीमा चलेको वैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले नेकपा एमालेलाई थारु विरोधीको नारा लगाईएको र विभिन्न वदमासी भएको भएपनि यो प्रदेशमा मतदाताहरुले एक नम्वरको पार्टी वनाएकोमा आगामी दिनमा हुने निर्वाचनमा पनि यस्तै परिणाम आउने अपेक्षा गर्नुभयो ।

साउन ९ र १० गते धनगढीमा भएको वैठकले विभिन्न चार वटा निर्णय गरेको छ । असार १४ को निार्वाचन सम्पन्न भएकोमा सवै पक्षलाई धन्यावद दिदै वैठकले निर्वाचनका वेला देखिएका गतिविधिहरु रोक्न सरकारलाई माग गरेको छ । आफ्ना एक जना कार्यकर्ताको हत्या भएको घटनाको भत्र्सना, गर्दै वैठकले अव हुने प्रदेश सभा राष्ट्रिय सभाको निर्वाचन तोकिएको मितिमा गर्न र निर्वाधन क्षेत्र निर्धारणको काम तदारुकताका साथ गर्न माग गरेको छ ।

वैठकले प्रदेश नम्वर ७ का विभिन्न जिल्लाहरुमा आएका विपदवाट विस्थापित र पिडित भएका समुदायलाई राहत प्रदान गर्न र विपद न्युनीकरणका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved