
दीपक जोशी, धनगढी १० भदौ ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट विद्युतीय प्रणालीमा आधारित सवारी चालक अनुमतिपत्र अथवा स्मार्ट लाइसेन्सको बितरण प्रक्रिया सुरु भएपनि सेवाग्राहीले उक्त कार्ड पाउन दुई महिना कुर्नुपर्ने भएको छ । पहिलो चरणमा लाईसेन्स नविकरण गर्ने र प्रतिलिपि लिनेहरुलाई मात्रै स्मार्ट लायसेन्स बाड्ने गरी प्रक्रिया सुरु भएपनि सेवाग्राहीले त्यो हात पार्न दुई महिना कुर्नुपर्ने भएको हो । स्मार्ट लायसेन्स बनाउने अधिकार अहिले केन्द्रलाई मात्रै दिईएकाले अहिले संकलन गरेर केन्द्रमा पठाउने काम भईरहेको छ ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्स बितरण प्रक्रिया साउन १५ गतेदेखी सुरु भएको थियो । पहिलो चरणमा लायसेन्स नविकरण गर्ने र प्रतिलिपि लिनेहरुलाई मात्रै स्मार्ट कार्ड दिईने प्रक्रिया थालनी गरिएको छ भएपनि आवेदन भरेकाले दुई महिना पछि मात्रै स्मार्ट लायसेन्स पाउने भएका छन । स्मार्ट लायसेन्स बनाउने जिम्मा अहिले यातायात ब्यवस्था विभागलाई मात्रै भएकाले सबै अञ्चल कार्यालयहरुले पठाएका स्मार्ट लायसेन्सहरु काठमाडौबाटै बनेर आउने भएकाले यत्तीको समय लाग्ने भएको यातायात ब्यवस्था कार्यालय सेतीका निमित्त प्रमुख केशबदत्त जोशीले बताउनुभयो ।
साउन १५ गतेदेखी नविकरण र प्रतिलिपिका लागि आवेदन दिएकाहरुले अव असोज १५ गतेपछि मात्रै स्मार्ट लायसेन्स पाउने छन । अब नयाँ आवेदन खुलेपश्चात फाराम भर्नेहरुलाई मात्रै स्मार्ट लायसेन्स दिईने यातायात कार्यालयले जनाएको छ । पुराना फाईलहरु स्मार्ट लाईसेन्सको सफ्टवेयरमा हालिसकिएको र अब नयाँका लागि आवेदन खोलीएका बेला नै स्मार्ट लायसेन्सको सफ्टवेयर मार्फत आवेदन भरेर स्मार्ट लायसेन्स बितरण गरिने कार्यालयको तयारी छ ।
सवारी चालकको सम्पूर्ण विवरण कम्प्युटर मार्फत अञ्चल यातायातहरुमै भरिने भएपनि स्मार्ट लायसेन्स भने काठमाण्डौंमा बन्ने छ । स्मार्ट लाइसेन्स भनेको क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो जसलाई आगो र पानीले कुनै हानी पु¥याउन सक्दैन । यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटो सहितका विवरणहरु राखिएका हुन्छन् । अहिले केन्द ्रमा छपाई भएर ढिलाई भएपनि पछि पछि बिभागले यातायात कार्यालयहरुमा नै उक्त मेसिन पठाउने तयारी भईरहेकोले त्यसपछि झन्झट नहुने यातायात कार्यालय सेतीले जनाएको छ ।