This is a test

सेती अञ्चल अस्पतालमा सुरु गरीएको डायलासीस सेवा हात्तिको मुखमा जिरा

0

नवराज पनेरु, धनगढी १८ असोज ।
सुदुरपश्चिमभरी सेती अञ्चल अस्पतालमा मात्रै ४ वटा मेसीनबाट सुरु गरीएको डायलासीस सेवा हात्तिको मुखमा जिरा जस्तै भएको छ ।  मृगौलाका विरामीहरुको चाप बढि रहेको सुदुरपश्चिममा सेती अञ्चल अस्पतालमा मात्रै डायलासीस सेवा हुँदा थुप्रै मृगौलाका विरामीहरु निशुल्क भनिएको डायलासीस सेवा पाउनबाटै बञ्चीच भएका छन् । गत बर्ष असोजको १८ गते सेती अञ्चल अस्पतालमा डायलासिस सेवा सुरु भएकोमा अहिले सम्म ४ वटा मेसीनबाट मात्रै डायलासीस सञ्चालनमा छ । जस्मा अहिले सम्म २४ जनाले डायलासीस सेवा पाईरहेका छन् । तर मृगौला विरामीको ठुलो चाप रहेको यस क्षेत्रमा सेती अञ्चल अस्पतालमा रहेको डायलासीस सेवाले मात्रै पुगेको छैन, यो क्षेत्रमा छुट्टै डायलासीस केन्द्र नै सञ्चालन हुन सक्ने देखीएको अन्य सरकारी र निजी अस्पतालले भने त्यसतर्फ ध्यान नै दिएका छैनन् । सेती अञ्चल अस्पतालमा डायलासीसका लागी अहिले सम्म १ सय २५ जनाले नाम लेखाईसकेका छन् । यस्मा कतिपयको मृत्यु भईसकेको, कतिपयले मृगौला प्रत्यारोपण गरेको, केहिले अन्यत्रबाट सेवा लिईरहेका र केहिले अनियमीत रुपमा डायलासीस गराईरहेका कारण अहिलेसम्म ७८ नम्वरमा नाम लेखाएका सम्मको मात्रै पालो आएको छ । अहिले २ सिफ्टमा सञ्चालन भईरहेको डायलासीस सेवा अव ४ वटा मेसीनबाट ४ सिफ्टमा सञ्चालन  गर्न सकियो भने दोव्वरले सेवा पाउने सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताउनुभयो । तर अस्पताल प्रशासनले त्यता चाँसो दिएको छैन । बाँकी ४७ जनाको पालो कहिले आउने हो टुङगो छैन् । केहिको मृत्यु, केहिले मृगौला प्रत्यारोपण र केहिले अन्यत्रबाट सेवा लिईरहेका कारण मात्रै ७८ नम्वरमा नाम लेखाएको पालो आएको हो नभए अहिले सम्म पनि २४ नम्वरका विरामीले मात्रै सेवा पाईरहेका हुन्थे । किनभने कुनै विरामीको मृत्यु भएमा, कुनै विरामीले मृगौला प्रत्यारोपण गरेमा अथवा कुनै विरामीले डायलासिस अन्यत्र सारेमा मात्रै नयाँको पालो आउने गरेको छ । पालो नआएका ४७ जनालाई भने हेर र पर्ख भने जस्तै भएको छ । डायलासिस सेवा नपाएका मृगौलाका विरामी  मृत्युसँग लडिरहेका छन तर अस्पताल भने कुनै विरामीको मृत्यु भएमा, कुनै विरामीले मृगौला प्रत्यारोपण गरेमा अथवा कुनै विरामीले अन्यत्र सारेमा मात्रै तपाईको पालो आउने भन्दै २, ३ बर्षपछि सम्पर्क राख्नुहोला भनेर फर्काईरहेको छ । सेती अञ्च्ल अस्पतालमा डायलासीस सेवा सुचारु भएपछि केहि विरामीले राहत पाईरहेको अवस्था छ तर  अस्पतालले अझ थप मेसीनका लागी पहल नै गरेको छैन् । अन्य सरकारी अस्पताल र निजी अस्पतालले पनि डायलासीस सेवा सुचारु गर्नका लागी ध्यान नै दिएका छैनन् । महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले पनि डायलासीस सेवा सुचारुको लागी पहल नै गरेको देखीन्न । महाकाली अञ्चल अस्पतालमा पनि सेवा सुचारु भए दोव्वर विरामीले सेवा पाउन सक्ने थिए । भर्खरै महाकाली अञ्चल अस्पताल विकास समितीको अध्यक्षमा नियुक्त हुनुभएका अशोक पाण्डे भने तिहारपछि २ वटा डायलासीस मेसीन खरीद गरेर सेवा सुचारु गर्ने दावी गर्नुहुन्छ । सुदुरपश्चिमका मृगौला विरामीको चाप हेर्दा झण्डौ २५ देखी ३० वटा डायलासीस मेसीन भएमात्रै उनीहरुको पालो आउने देखिएको छ । यस्तो अवस्थामा एउटै सेती अञ्चल अस्पतालको चार वटा मेसिनको भर पर्नुभन्दा पनि महाकाली अञ्चल अस्पताल कञ्चनपुर, उप क्षेत्रीय अस्पताल डडेल्धुरासंगै अन्य जिल्ला अस्पतालहरुले पनि सेवा सञ्चालन गरेका छैनन । उप क्षेत्रीय अस्पताल डडेल्धुरा त  डायलासीस सेवा सुचारु गर्नका लागी अस्पतालमा पुर्वाधार नै नभएको भन्दै पन्छीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved