This is a test

सेती अञ्चल अस्पतालमा सिकलसेल परिक्षण अन्यौलमा

0

दीपक जोशी, धनगढी ९ भदौ ।

साउन २२ गते थारु नागरिक समाजका ब्यक्तिहरुले दबाब दिएपछि एक हप्ताभीत्रै सिकलसेलको रगत जाँच गर्ने टेस्टकिटहरु मगाउने प्रतिवद्धता गरेको सेती अञ्चल अस्पतालले तीन हप्ता हुनलाग्दा पनि टेस्टकिट मगाउन सकेको छैन । झण्डै २ महिना देखि टेस्टकिट अभाव भएको भन्दै सेती अञ्चल अस्पतालमा सिकलसेलको जाँच पनि बन्द भएको थियो । अस्पतालले नेपालको एकमात्र टेस्टकिट सप्लायर काठमाण्डौंको सिसास मेडिटेक प्रालीलाई टेस्टकिट माग गरेपनि, उसले नपठाएपछि सिकलसेलको जाँच सुचारु हुन नसकेको हो ।

सो प्रालीले सिबीया कम्पनीको जाँच मेसिन काठमाण्डौंको टेकु, मध्यपश्चिमको नेपालगञ्ज र सेती अञ्चल अस्पताललाई एकै पटक सप्लाई गरेको थियो । टेकु र नेपालगञ्जको मेसिन विग्रेर त्यहाँ अर्कै कम्पनीको मेसिन मगाई सकेकाले यहाँ भने सिकलसेलको जाँच रोकिएको छैन । सेती अञ्चल अस्पताले एकमात्र मेसिनका लागि किट पठाउदा धेरै मुनाफा नहुने भएकाले सप्लायरले आनाकानी गरेको सेती अञ्चल अस्पतालका निमित्त प्रमुख डाक्टर सजन केसीले बताउनुभयो । सेती अञ्चल अस्पतालमा रहेको फ्रान्सको सिबीया कम्पनीको उक्त मेसिनमा, त्यही कम्पनीको टेस्टकिट लाग्ने भएकाले, सप्लायरले लामो समयसम्म पनि आपुर्ती नगरि दिएको अस्पतालले जनाएको छ ।

मेसिन आएपछि सम्झौता अनुसारको केही महिना उक्त सप्लायरले सहजै टेस्टकिटहरु आपुर्ती गरेकोमा अहिले आएर विभन्न बहाना बनाउदै आएपछि अस्पताल प्रशासन पनि अन्यौलमा परेको छ । अब के गर्ने भन्ने बारेमा मन्त्रालयलाई लेखि पठाउने छलफल भएको उहाले बताउनुभयो । अस्पतालले टेस्टकिट सप्लाईका लागि आनाकानी गरेको बताई रहदा आपुर्तीकर्ता सिसास मेडिटेक प्रालीका प्रमुख सरद प्रसाद श्रेष्ठ भने आफ्नो भुक्तानी रोकिएकाले टेस्टकिट नपठाएको दाबी गर्नुहुनछ । अस्पताल ब्यवस्थापन समिति, अस्पताल प्रशासन, स्टोर शाखा र प्रयोगशालाका कर्मचारीका बीचमा पनि टेस्टकिटको आपुर्तीका लागि समुन्वय अभाव देखिएको छ ।

प्रयोगशालाले समयमै टेस्टकिट सकिएको स्टोरलाई जानकारी गराउने, स्टोरले अस्पताल प्रशासनको तोकादेश लिएर आपुर्तीका लागि पहल गर्ने प्रकृया थारु अगुवाहरुले घच्घचाएपछि मात्रै सुरु भएको हो । यता निमित्त मेसुले, यही मेसिनबाट सिकलसेलको उपचार सुचारु होला भन्ने विश्वास नगरिरहेका बेला, प्रयोगसाला प्रमुख रमेश साहीको दुई तीन दिनमा टेस्टकिट आउने भनाईले पनि अस्पताल प्रशासन र प्रयोगशालाका बीचको समुन्वय अभाव प्रष्ट हुन्छ । लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरी स्वास्थ्यमन्त्री भएका बेला सेती अञ्चल अस्पतालमा सिकलसेल परिक्षण निशुल्क हुने घोषणा भएको हो तर त्यो निशुल्क परिक्षण तीन महिना देखि बन्द भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved