This is a test

सम्बृद्धिको प्रतिक मानीएको जमरा मानव स्वास्थ्यका लागी झनै हितकारी

0

नवराज पनेरु, धनगढी १३ असोज ।

धर्मसास्त्रमा सम्बृद्धिको प्रतिक भनेर व्याख्या गरीएको जमरा मानव स्वास्थ्यका लागी झनै हितकारी हुने गरेको छ । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर, मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ । त्यस्तै जमराको झोलले पेटको रोग, छालाको रोग जस्ता समस्यापनि हट्ने चिकित्सकहरु बताउँछन् । जमराको रस सौन्दर्य प्रशाधनमा पनि प्रयोग हुन्छ । जमरामा भिटामीन ए र डि बाहेक मानव शरीरलाई आवश्यक सबै पौष्टीक तत्व पाईनेसेती अञ्चल आयुर्वेद औसधालयका कविराज निरीक्षक दिपकराज पन्तले बताउनुभयो । अध्ययनहरुले, अंकुरित जौँमा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड, आन्ध्रा, पेट, छाला लगायतका रोगको सफल उपचार सम्भव भईसकेको छ भने पश्चिम नेपालका थारु समुदायमा देखीएको सिकलसेल एनिमीयाका विरामीलाई पनि जमराको झोल सेवन गर्दा धेरै लाभ हुने दावी गरीएको छ । जमराको झोल सेवन गर्दा रक्त तत्वहरु उत्पादनको शिलशिला बढ्ने र शरिरमा रगतको अभावमा हुने एनिमीया जस्ता रोगीलाई पनि लाभ हुने उहाले बताउनुभयो । गाउँघर तिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण देखीएको हो । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जमराको झोल सेवन गराउँदा शरीरमा चाँडै शक्तिसञ्चार हुने पनि बताईएको छ । हिन्दू धर्म र बिजयदशमीमा प्रयोग गरिने जमरा आधुनिक बैज्ञानिक प्रद्धती अनुसार समेत उत्कृष्ठ रहेको छ । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । बर्षदिन सम्म घरबाट टाढा भएका व्यक्तिहरु पनि मान्यजनको हातबाट आर्शीवाद सहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धामिर्क आस्था एवं सांस्कृतिक एकतालाई पनि प्रतिबिम्वित गराउने गरेको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिमा म जौ हुँ भनेर भन्नुभएको उल्लेख छ । त्यसैले मानव स्वास्थ्यका लागी हितकारी जमरा धार्मीक रुपले पनि निकै महत्वपुर्ण हुने गरेको बनदेवी मन्दीरका पुजारी पुष्पराज अवस्थीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved