This is a test

सम्झौता भएको ७ महिना वित्दा पनि पुल निर्माणको काम अगाडी बढे्न

0

सीताराम ओझा, धनगढी कात्तिक २४ गते ।

धनगढीको वडा नम्वर १ र २ जोड्ने सरस्वतीनगरमा पुल निर्माणको ठेक्का सम्झौता भएको ७ महिना वित्दा पनि निर्माणको काम अगाडी वढ्न सकेको छैन । अघिल्लो वर्षको फागुनमा सम्झौता भएपनि रुख कटानको आदेन नआएकाले निर्माणको काम अगाडी वढ्न नसकेको हो । विभिन्न निकायहरु वीच समन्वय र सहमति नहुँदा निर्माणको काम अलपत्र परेको छ ।

स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय सडक पुल आयोजनावाट स्विकृत भएको पुल निर्माणका लागि अघिल्लो वर्षको फागुन ६ गते १५ महिनाको समय सीमा दिएर सम्झौता हुँदा निर्माणको काम अगाडी वढ्न सकेको छैन । २ करोड ५१ लाखमा वाईपि तुलसी दुर्गा जेभीले निर्माणको जिम्मा पाएको पुल निर्माण गर्नुपर्ने समय सीमाको आधा अवधि वित्न लाग्दा पनि सुरु हुन सकेको छैन ।

पुल टेन्डर भएको लामो समयसम्म पनि निर्माणको कार्य सुरु नभएपछि स्थानिय वासिन्दा आक्रोसित भएका छन । अघिल्लो बर्ष पुल बन्ने भन्दै हरियो गहँु काट्न लगाए पनि पुल निमार्णमा कुनैपनि निकायले चासो नदेखाएको स्थानीय अम्बीका भण्डारीले बताउनुभयो । उनीहरुले पुल निर्माणको काम सुरु गर्नका लागि सरोकारवाला निकायलाई माग समेत गरेका छन । पुल निर्माण क्षेत्रमा पर्ने २९ वटा जामुनका रुख काट्नका लागि जिल्ला वन कार्यालय कैलालीले स्वीकृतिका लागि वन विभागमा पठाएको छ ।

तर विभागले रुख कटानको स्वीकृती दिएको छैन । पुल निर्माण आसपासमा पर्ने चारपाँचवटा रुख राती अज्ञात समुहले काटेपछि पुलको योजना अझ चर्चामा आएको छ । ईलाका वन कार्यालयका रेन्जर रवि कर्णले रुख काटीएको रिपोर्ट जिल्ला वन कार्यालय कैलाली लाई जानकारी गराई सकिएको र छिट्टै काटीएको रुख उठाउने कार्य छिट्टै गरीने बताउनुभयो । पुल निर्माणका लागि देखिएको रुख कटानको समस्या हटाउन पहल भईरहेको अवस्थामा निर्माण कम्पनीले गर्न सक्ने काम पनि सुरु नगरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

रुख कटानको अनुमति आउँदासम्मका लागि रुख कटान विना नै गर्न सकिने निर्माणको काम अगाडी वढाउन निर्माण कम्पनीलाई पत्र लेखिएको जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर मनिषकुमार अर्यालले बताउनुभयो । यता निर्माण कम्पनीले भने आफ्ना सर्तहरु पुरा नभएसम्म निर्माणको काम अगाडी नवढाउने बताएको छ ।

आधा समयसम्म पनि निर्माण स्थल खाली नगरेकोले आफुले पाउने वोनस गुमाउने र निर्माण सामाग्री पनि महंगोमा किन्नुपर्ने निर्माण व्यवसायी गोकर्ण शाहले बताउनुभयो । स्थानीय तहको निर्वाचन भईसकेपछि दुईटै वडाका अध्यक्षहरुले पनि निर्माणमा चासो लिएका छैनन । त्यसैले पुल निर्माण छिटो गराउनका लागि जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने देखिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved