विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को परे ?

धनगढी, मंसिर १५ गते । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।