This is a test

विद्यालयको बर्गिकरण र शुल्क निर्धारण गर्ने सहमति पछि शैक्षीक हडताल फिर्ता, भोली (मंगलवार) देखि विद्यालय सञ्चान हुने

0

धनगढी, २५ बैशाख ।

आन्दोलनरत विद्यार्थी संगठन, प्याब्सन, एन प्याब्सन, जिल्ला शिक्षा अधिकारी, जिल्ला शिक्षा समितिका पदाधीकारहरुका बीचमा जेठ मसान्तभीत्र विद्यालयहरुको वर्गिकरण गर्ने र त्यही आधारमा शुल्क निर्धारण गर्ने सहमति भएपछि कैलालीमा गरिएका शैक्षिक हडताल फिर्ता भएको छ । यो सँगै भोली (मंगलवार) बाट नीजि विद्यालयहरुमा पढाई हुनेछ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको प्याब्सन, एन प्याब्सन, जिल्ला शिक्षा अधिकारी मानसिह विष्ट, जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी केशव प्रसाद विमली र विद्यार्थी संगठनहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो । भोलीबाट सबै नीजि विद्यालय खोल्न सहायक प्रमुख जिल्ला अधिकारी जोशीले आग्रह गर्नुभयो ।

यसअघि विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले, आफ्ना पक्राउ परेका कायकर्ता रमेश साउदलाई रिहाईको माग गरेपछि सहमति हुन सकेका थिएन । सोमबार बेलुकी भएको सहमतिमा साउदलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएकाले त्यसलाई विद्यालय बन्दसँग जोडन नमिल्ने बताएपछि त्यसबारेमा कुनै कुरा नभएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved