सन्तोष रावत, धनगढी १८ चैत्र ।
स्थानीय तहका लागि दलहरु उमेदवारको छनौटमा रहेका बेला, धनगढी उपमहानगरपालिकाका टोल टोलमा विकासका कुराहरु हुन थालेका छन । महानगरबासी, कर बढाएको तर त्यो अनुसारको सेवा नदिएको, स्थानीय तह ग्राभेल संस्कृतीबाट माथि उठ्न नसकेको, वडाबाट छनौट भएर गएका सैयौं योजनाहरु स्थानीय निकायको कोठामा बसेर काट्ने गरेका कुराहरु सम्झिन थालेका छन ।
उपमहानगरपालीका घोषणा भएको एक वर्ष भन्दा बढी भईसक्दा पनि विकासको कुनै पनी कार्यक्रम कुनै पनि निकायले वास्ता नगरेको भन्दै वडा नम्बर १ को ओम शान्तीनगर टोलका वासिन्दाले अब हुने स्थानीय निर्वाचनमा विकासको चाहना पुरा गर्न सक्ने उमेद्वारलाई मात्रै भोट दिने बताएका छन । धनगढी उपमहानगरपालीका वडा नम्बर १ को ओम शान्तीनगर टोलका बाशिन्दाले पनि यसपालीको स्थानीय तहको निर्वाचनमा गाउ समाजको विकास गर्ने नेतालाई निर्वाचनमा भोट दिने बताएका हुन ।
बर्षाैदेखि विकासका कुनै पनि कार्यक्रम नभएको भन्दै उक्त वडाका स्थानीयले विकास निमार्णमा खटीने नेता लाई भोट दिने बताएका हुन । उनीहरुले उपमहानगरपालिका भएको एक वर्ष भन्दा बढी भइसक्दा पनि उपमहानगरपालीकको वासिन्दा भएको महसुस अझै गर्न नसकेको बताएका छन । सडक पनि साघुरो गरी निमार्ण भएको सडकहरुमा ग्राभेल समेत नपुगेको, खानेपानीको उचित व्यवस्थापन हुन नसकेको साथै बेलुका पख कम भोल्टेजका कारण विजुली बाल्न पनि समस्या रहेको उनीहरुको गुनासो थियो ।
यस अघि भएका तीनवटा स्थानीय निकायका बेला पनि वडा बाट उठेका ब्यक्तिहरुले खासै टोलको विकासका लागि केही नगरेको उनीहरुको गुनासो छ । चुनावका बेला मात्रै टोलमा पस्ने, हात जोड्ने, विकासका आश्वासन देखाउने तर चुनाव सकिए पनि नाकमुखै नदेखाउनेलाई यसपाली भोट नदिने उनीहरुको भनाई छ । धनगढीको वडा नम्बर एकमा, केदार टोल, पशुपतीटोल, मनकामना टोल, शान्ती नगर, लक्ष्मीनगर, त्रिबेणी, शिवनगर लगाएतका टोलहरु छन । यी टोलहरुमका साझा समस्या पनि यस्तै हुन ।
यस अघीका निर्वाचनमा पनी भोट माग्न आएका नेताहरुले आश्वासन दिएर गएकाले अब भने आश्वाशन मात्रै दिनेलाई भोट नदिने उनीहरुले बाएका छन । नयाँ संरचनामा, अधिकार सम्पन्न वडा भएको स्थानीय तहको यस्तो चुनाव नेपालको ईतिहासमा पहिलो पटक भईरहेको छ । त्यसैले वडाबाट छानीने प्रतिनिधि नै गाउँपालिका वा नगरपालिकाको सभामा आउने भएकाले, आफ्नो स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम नृेतृत्व चयन गर्नमा जनताले चुक्नु हुदैन ।