This is a test

धनगढीमा आयुर्वेदीक चिकीत्सालय निर्माणका लागी बाटो खुल्यो, आज टेण्डर खुल्दै

0

नवराज पनेरु, धनगढी १९ साउन ।

जग्गा प्राप्तीमा विवाद भएपछि लामो समयदेखी अलपत्रमा परेको धनगढीमा स्थापना हुने भनिएको क्षेत्रिय आयुर्बेदिक चिकित्सालयको प्रक्रिया अन्ततः अगाडी बढेको छ । बन विभागले स्वास्थ्य मन्त्रालय अन्तरगतको आयुर्वेद विभागलाई धनगढीको राजपुरमा आयुर्वेदीक चिकीत्सालय निर्माण गर्न अनुमती दिएसंगै लामो समय सम्म अलपत्र परेको क्षेत्रीय आयुर्बेदीक चिकीत्सालय निर्माणको बाटो खुलेको हो ।

बनले लामो समयसम्म धनगढीको राजपुरमा रहेको डिलासैनी सामुदायिक बनको झण्डै दुई बिगाह जग्गा दिन आनाकानी गरेपछि आर्युबेदिक चिकित्सालय निमार्णको काम अलपत्र परेको थियो । गत आर्थिक बर्षमा आयुर्वेदिक चिकित्सालयका लागि विनियोजित एक करोड खर्च हुन नसकेर फ्रिज गएपनि बनले जग्गा दिएसंगै चिकित्सालय निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले प्रक्रिया अगाडी बढाएको छ ।

स्वास्थ्य मन्त्रालयले राजपुरमा रहेको ३९ कट्ठा जग्गा क्षेत्रिय आयुर्बेदिक चिकित्सालयलाई दिन लिखित निर्देशन दिएपनि बन बिभागले उक्त जग्गाको सट्टा अर्काे ठाउँको कुनै जग्गा खरिद गरेर जिल्ला बन कार्यालय कैलालीको नाममा नामसारी गर्नुपर्ने अडान लिएपछि आयुर्बेदिक चिकित्सालयको प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।

तर आयुर्वेद विभागले सो जग्गाको रकम स्वास्थ्य विभागलाई बुझाएपछि धनगढीमा क्षेत्रीय आयुर्वेद चिकीत्सालय निर्माणको प्रक्रिया अगाडी बढेको क्षेत्रिय आयुर्बेदिक चिकित्सालय निमार्णको अभियानमा सरिक सेती अञ्चल आर्युेबेदिक औषधालयका कविराज निरिक्षक दिपकराज पन्तले बताउनुभयो । जग्गाको विवाद टुङगिएसंगै राजपुरमा आयुर्वेदिक चिकित्सालय निमार्णको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले चिकित्सालय निर्माणका लागि प्रक्रिया अगाडी बढाएको छ ।

क्षेत्रीय आयुर्वेदीक चिकीत्सालयको अस्पताल भवन निर्माणका लागि एक महिना अगाडी बोलपत्र आह्वान गरीएको थियो । ढाई तले ५० शैयाको अस्पतालको आगत अनुमान गरिएपछि आह्वान गरिएको टेण्डर विहीवार खोल्ने तयारी भईरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका ईन्जीनियर मोहनराज अवस्थीले बताउनुभयो । २५ देखी ३० करोडको लागतमा क्षेत्रीय आयुर्वेद चिकीत्सालयको ३ तले भवन निर्माणका लागी टेण्डर आह्वान गरीएको हो ।

विहीवार टेण्डर खोलीएसंगै निर्माण कम्पनीसंग २ बर्षमा भवन निर्माण गरीसक्ने सम्झौता गरीने छ । अहिले प्रदेश नम्वर ७ मा आयुर्वेदको एक शैयाको समेत अस्पताल नरहेका बेला पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासीन्दाले बिशेषज्ञ सेवा पाउने विश्वास गरीएको छ । अहिले क्षेत्रीय नामाकरण गरीएपनि यसैलाई प्रादेशीक बनाएर आयुर्वेदीक चिकीत्सालयमा १३ जना विशेषज्ञ डाक्टहरु बस्नेछन् ।

स्वास्थ्य मन्त्रालय अन्तरगतको आयुर्वेद विभागले पनि धनगढीमा आयुर्वेदीक चिकीत्सालय स्थापनाको प्रक्रिया अगाडी बढाएसंगै चिकीत्सालयका लागी कर्मचारी खटनपटको प्रक्रिया अगाडी बढाएको छ । आयुर्वेदीक चिकीत्सालयमा दरबन्दी कायम गर्न अर्थ, सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले निर्णय गरीसकेपछि संसदले पारीत गर्नुपर्ने भएकाले सो प्रक्रिया समेत सुरु भईसकेको आयुर्वेद विभागका महानिर्देशक डाक्टर बासुदेव उपाध्यायले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved