This is a test

रामजनमको अपराजित यात्रामा गौरीशंकर तगारो

0

दीपक जोशी, धनगढी मंसिर २५ गते ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा २०४८ साल यताका सबै निर्वाचनमा बिजयी पुर्वमन्त्री रामजनम चौधरीलाई यस पटक थारु समुदायकै नेता गौरीशंकर चौधरीले रोकेका छन । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा थारु समुदायका यी दुई पुर्व मन्त्रीबिच रोचक प्रतिस्पर्धाको आकलन गरिएपनि माओवादी केन्द्रका उमेद्वार गौरीशंकर चौधरी फराकिलो मतान्तरले बिजयी भएपछि रामजनमको बिजयी यात्रामा पुर्णबिराम लागेको हो । कैलाली ३ मा पहाडि समुदाय भन्दा बढी थारु समुदायका मतदाता छन । नेपाली कांग्रेशबाट उमेद्वार बनेका रामजनम चौधरी अहिलेसम्मका अबिजित नेता हुन । २०६४ सालमा काँग्रेसले टिकट नदिएको भन्दै रामजनम विजयय गच्छदारको पार्टीमा गएर समानुपातिक सभासद बनेका थिए । पुराना काँग्रेसी राजमजनम यसपाली काँग्रेसमै फर्किएका हुन । रामजनमले २०४८ को आम निर्वाचन, २०५१ सालको मध्यावधी र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनाव जितेका थिए । २०७० सालको निर्वाचनमा उनले फोरक लोकतान्त्रीकबाट चुनाव लडेर काँग्रेसका आफ्नै सहयात्री नारायणदत्त मीश्रलाई पराजित गर्दै चुनाव जितेका थिए । यता बाम गठबन्धनका उमेदवार गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर हुन । सुदूरपश्चिममा २०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाट गौरीशंकर चौधरीले मात्रै साविकको ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved