नरेन्द्र कार्की, दार्चुला २८ जेठ ।
राष्ट्यि प्रजातन्त्र पार्टीले जिल्लाका ९ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने भएको छ । उसले ८ तहमा प्रमुख पदका उम्मेदवार टुंग्याएको छ ।
राप्रपाले मालिकार्जुन गाउँपालिकामा चन्द्रदेव पन्त, अपि हिमाल गाउँपालिकाको अध्यक्षमा लालसिह धामी र उपाध्यक्ष मनता लोथ्याल, मार्मा गाउँपालिकामा अध्यक्ष दिलिपसिह बोहरा, नौगाड गाउँपालिकामा अध्यक्ष बीरसिह बोहरा र उपाध्यक्ष कलावती सिंहलाई टिकट दिएको छ ।
यसैगरी व्यास गाउँपालिकाको अध्यक्षमा मोहनसिह विष्ट र उपाध्यक्षमा पार्वती धामी, दुहु गाउँपालिकामा अध्यक्षमा रामसिह कार्की, शैल्यशिखर नगरपालिकाको मेयरमा नरबहादुर चन्द र उपमेयरमा पार्वती लुहार र महाकाली नगरपालिकाको मेयरमा नरेन्द्र बहादुर वमलाई टिकट लिईएको राप्रपाले जनाएको छ ।