दार्चुला, १६ बैशाख ।
दार्चुलामा यार्सा संकलनका लागि बैशाख २० गते देखी प्रबेश अनुमति पत्र वितरण गरीने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यार्सा संकलकहरुलाई अनिवार्य रुपमा संकलन अनुमति पत्र लिन अनरोध समेत गरेको छ ।
यार्सा गुम्वा संकलन, ओसार पसार तथा विक्रि वितरण कार्यलाई व्यवस्थीत गर्न नेपाल सरकार वन तथा भु संरक्षण मन्त्रालय बाट यार्सा गुम्वा व्यवस्थापन निर्देशिका २०७३ स्वीकृत भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत भुमीराज उपाध्यायले जानकारी दिनुभयो ।