नरेन्द्र कार्की, दार्चुला ०८ आषाढ ।
यार्सा संकलन गरी घर फर्किने क्रममा दार्चुलाको अपि हिमाल गाउँपालिका १ मा एक जना यार्सा गुम्बा संकलकको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका ५ सिप्टी घर भएका ३२ वर्षीय नरेन्द्र सिह ठगुन्नाको मृत्यु भएको हो ।
लेकबाट घर फर्किने क्रममा खाएकोटमा चिप्लीएर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो ।