दार्चुला, १५ बैशाख ।
अपि नाम्पा संरक्षण व्यवस्थापन परिषदका अध्यक्षहरुले गत वर्ष यार्सागुम्बा संकलकहरुबाट उठाएको रकमको जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुसन्धान थालेको छ । यार्सागुम्बा संकलनमा क्रममा उठेको रकममा पारदर्शिता नभएको भन्दै उजुरी परेपछि प्रशासनले अनुसन्धान थालेको हो ।
गत वर्ष दार्चुलाको साविकको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर, राप्ला र व्यासमा रकम संकलन गरिएको थियो । एक वर्षको अवधिमा समेत संरक्षण परिषदका अध्यक्षहरुले उठेको रकम भन्दा कम रकम मात्र अपि नाम्पा संरक्षण क्षेत्र परिषदमा देखाएका छन् ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार गत वर्ष जिल्लाभरीका सबै वनहरुमा जम्मा ८ हजार ४ सय ७८ मात्र संकलहरुले गएको विवरण छ । जसअनुसार संरक्षण क्षेत्र भित्रका संकलकहरुबाट ५ सय, जिल्ला भित्रका १ हजार र जिल्ला बाहिरका संकलकहरुबाट २ हजार रुपैयाँ प्रति व्यक्ति संकलन गरिएको थियो ।
यार्सागुम्बा संकलनमा उठाएको रकमको जिल्ला प्रशासनबाट अनुसन्धान हुँदै
0
Share.