
धनगढी, फागुन ०६ गते ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गर्नुभएको छ । शनिवार मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल बाट प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनुभएको थियो । शनिवार पद तथा गोपनियताको शपथ लिनुभएका मुख्य मन्त्री भट्टले आज मुख्य मन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो ।