
दीपक जोशी, धनगढी मंसिर १० गते ।
स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट धनगढीको मेयरमा प्रतिस्पर्धा गरेर तेस्रो स्थानमा रहनुभएका नेता रामसमझ राना, नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । आईतवार उहाँलाई कांग्रेश नेतृ डा. आरजु राणाले कांग्रेश प्रवेश गराउनुभयो । उहाँसंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, केन्द्रीय सदस्यहरु गंगा योन्जन र केशवराज जोशी पनि कांग्रेश प्रबेश गरेका छन । भट्ट डडेल्धुराका निर्वाचित वडा अध्यक्ष पनि हुन् ।
रानाले एमाले तथा माओवादी केन्द्र सत्तास्वार्थमा मात्रै सिमित भएका कारण आफु नेपाली कांग्रेशमा प्रबेश भएको बताउनुभयो । उहाँले रानाथारु, डंगौरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओवादीले सधैं शोषण मात्रै गरेको र पछाडी पारिएका वर्ग र समुदायको अधिकारको संरक्षण काँग्रेसले मात्रै गरेको अनुभव आफुलाई भएको बताउनुभयो । गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार रानाले १० हजार बढी मत प्राप्त गर्नु भएको थियो । राना कांग्रेशमा प्रवेश गरेपछि कैलालीको क्षेत्र नम्बर ५ मा अर्काे एउटा चुनावी तरंग फैलीएको छ ।