This is a test

भोट हाल्ने सबै दुखी भए : मीश्र

0

धनगढी, मंसिर १२ गते ।

विवकशील साझा पार्टीका केन्द्रय संयोजक रविन्द्र मीश्रले नेपाली जनताले अब आफुलाई लगाएको राजनीतिको बाक्लो रंग पखाल्नुपर्ने बताउनु भएको छ । विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ ले धनगढीमा मंगलवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै संयोजक मीश्रले भोट हाल्ने जनता सँधैं दुखी र भोट पाउने नेता सधैं सुखी भएकैले नेपालको विकास नभएको बताउनुभयो । संयोजक मीश्रले देशमा ६४ सदस्यीय मन्त्री मण्डल बनाउनेलाई भोट नदिन आग्रह गर्नुभयो ।

उहाँले अहिले देशको सुसंस्कृत राजनीतिका लागि आफुहरु विकल्पका रुपमा आएकाले छातीमा हात राखेर, आँखा चिम्म गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभयो । चुनावी सभामा विवेकशील साझा पार्टीका प्रवक्ता डाक्टर सुर्यराज आचार्यले सुदूरपश्चिमले नै चुनेर पठाएका प्रधानमन्त्रीले आफुलाई ज्योतिषिले सात पटक प्रधामन्त्री बन्ने भनेर दिएको अभिब्यक्तिको प्रतिवाद गर्दै उहाँले जनताको जनमत आफुसँग रहेको भन्न नसक्नु विडम्बना रहेको बताउनुभयो ।

आचार्यले अहिलेको चुनाव सनातन परम्परागत चुनाव नभएको बताउदै, यो चुनाव आफ्ना छोरा छोरीको भविष्य कता लैजाने र देशको भविष्य निर्धारण गर्ने चुनाव भएकाले सोचविचार गरेर भोट हाल्न आग्रह गर्नुभयो । कार्यक्रममा विवेकशील साझा पार्टीका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उमेदवार दिनेशराज भण्डारी र समानुपातिक उमेदवार नन्दराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अरु दलका जस्तै ट्याक्टर, बसहरुमा जनता ओसार्ने काम गरिएको थिएन भने मञ्चमा पनि कसैलाई आसन ग्रहण गराईएको थिएन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved