This is a test

भुमीहीनका पिडा : लालपुर्जाको आशमा तीन पुस्ता वितेको गुनासो (अडियो रिपोर्ट)

0

नबराज पनेरु, धनगढी ०६ आषाढ ।


रातभर जाग्राम बसेर २–२ पटक आवेदन बुझाए पनि ५० औँ बर्ष पुरानो बस्ती रहेको धनगढी उप–महानगरपालीका वडा नम्वर ६ का बासीन्दाले अहिले सम्म लालपुर्जा पाएका छैनन् । २०७० र त्यसअघिका सरकारले भुमीहिनलाई जग्गा दिने भन्दै २÷२ पटक आवेदन भर्न लगायो तर उनिहरुले जग्गाको लालपुर्जा पाउन त परै जावस आफुले बुझाएको फाईल पनि गायव पारीदिएको आरोप लगाएका छन् । वडा नम्बर ६ को आधा क्षेत्रफल भन्दा बढिमा एलानीपर्तीमा बसेकाहरुको बस्ती छ । वडा नम्वर ४ र ७ मा जस्तै नेताहरुले वडा नम्वर ६ मा पनि हरेक निर्वाचनमा आफुलाई भोट दिए एलानी पर्तीमा बसेकालाई लालपुर्जा दिने आश्वासन दिएका छन । तर वडा नम्वर ६ का बासीन्दा बर्षाैपछि पनि एलानी जग्गामै बस्न बाध्य छन । वडा  नम्बर ६ मा मतदाता मात्रै होईन वडा स्तरका उम्मेदवार पनि वर्षौं देखि लालपुर्जा पाउने आशामा बसेका छन ।
अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved