This is a test

बैशाख पहिलो हप्ता देखी निर्वाचनका कर्मचारीहरु मतदाता शिक्षा अभियानका साथ गाउ पस्ने

0

सन्तोष रावत, धनगढी १३ चैत ।

स्थानीय तहको चुनावका लागि चाहिने जनशक्ति उत्पादन गर्न धनगढीमा आजदेखी मतदाता शिक्षा प्रशिक्षण सुरु भएको छ । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा क्षेत्रीय स्तरको दुई दिने मतदाता शिक्षा प्रशिक्षण धनगढीमा सुरु भएको हो । प्रशिक्षणमा प्रदेश नं ७ को कञ्चनपुर जिल्ला बाहेक अरु ८ ओटा जिल्लाको सहभागीता रहेको छ ।
कञ्चनपुर जिल्लको नेपालगञ्मा प्रशिक्षण परेकाले सहभागी नभएको हो । प्रशिक्षणमा प्रत्येक जिल्लाका ४÷४ जना गरी ३२ जनाको सहभागीता रहेको छ । मतदाता शिक्षा प्रशिक्षणमा निर्वाचन आयोगका उप–सचिव विशकशेन ढकाल र क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले प्रशिक्षण दिईरहनु भएको छ ।
प्रशिक्षणमा स्थानीय कानुनी व्यवस्था, निर्वाचन कार्यक्रम, जिल्लास्तरीय अनुगमन व्यवस्थापन, विवाद निरुपण, मतदान गर्ने तरिका र मतगणना लगायतका विषयमा सिकाइने आयोगले जनाएको छ । सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिती घोषणा गरेसंगै सबै क्षेत्र आ–आफ्नो तयारीमा जुटीसकेका छन् ।
चुनावका लागी आवश्यक पर्ने जनशक्तिलाई सुरुमा प्रशिक्षण् दिने र त्यसपछि गाउँगाँउमा उक्त जनशक्ति परिचालन गर्ने लक्ष्य निर्वाचन कार्यालयको रहेको क्षेत्रिय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले बताउनुभयो क्षेत्रीय स्तरबाट तालीम लिएर गईसकेपछि पुनः यो तालीम लिएर गएकाले जिल्लामा स्वयम सेवक हरुलाई तालीम दिनेछन् ।
त्यसपछी तालीम लिई सकेका कर्मचारीहरु गाउ गाउमा खटिनेछन । बैषाख पहीलो हप्ता देखी निर्वाचन आयोगका कर्मचारीहरु मतदाता शिक्षा अभियानका साथ गाउ पस्ने क्षेत्रिय निर्वाचन कार्यालय धनगढीका प्रमुख अर्यालले बताउनुभयो ।
अझै पनी धेरै जनता लाई स्थानीय तह, स्थानीय सरकार, स्थानीय कानुनको बारेमा जानकारी नहुदा अन्यौलमा छन । यसै विषयमा सबै जनतालाई जानकारी दिन जनचेताना फैलाउन आवश्यक छ । प्रशिक्षणमा आएका सहभागीलाई स्थानीय तह के हो ? स्थानीय सरकार यसको अवाधारण, मतदान प्रक्रिया लगाएत विषयमा प्रशिक्षण दिई रहेको निर्वाचन कार्यालयका उप सचिव विशकशेन ढकालले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved