This is a test

बैतडीमा नगरपालिकाको भवनमा राखिएका मतपेटिकाहरु असुरक्षित

0

लोकेश साउद, बैतडी मंसिर १३ गते ।

बैतडीको दशरथचन्द नगरपालिकाको छ वटा कोठामा राखिएका मतपेटिका मध्ये पश्चिमतर्फ राखिएको प्रतिनिधी सभाको मत पेटिका असुरक्षित रहेका छन । बाहिरबाट भ¥याङ लगाएर झ्यालबाट सजिलै मतपेटिका निकाल्न सकिने अवस्था रहेपनि प्रशासनले त्यता ध्यान दिएको छैन ।

नगरपालिकोको भवनलाई कडा सुरक्षा घेरामा राखिए पनि सिसा मात्र लगाएको झ्याल बाहिरबाट सजिलै खोल्न सकिने र सिसा फुटाउन सकिने अवस्था रहेको मतपेटिकाको सुरक्षामा रहेका एमाले कार्यकर्ता पुष्कर भण्डारीले बताउनुभयो । उहाँले मतपेटीकाहरु अझै सुरक्षित गरेर राखिनुपर्ने बताउनुभयो । त्यस्तै नगरपालिकाको नियमित कामहरु संचालनमा रहेको अवस्थामा मतपेटिका राखिएको कोठा बाहिर लगाएको टाँचा कसैले फुत्काईदिन सक्ने अवस्था रहेको छ ।

बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएपनि सिल गरिएको ढोका बाहिर उम्मेदवारहरुले हस्ताक्षर गरेर लगाइएको टाँचा खस्कीन भए दलहरुबीच बिवादको अवस्था सिर्जना हुन सक्ने अवस्था रहेको छ । यसैगरी दशरथचन्द नगरपालिकाको भवनको पूर्वपट्टी राखिएको प्रदेश सभाको मतपेटिका बाहिरबाट प्रष्ट देखिने गरि राखिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved