This is a test

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ११ जना घाइते

0

बैतडी, माघ १० गते ।

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुदा ११ जना घाइते भएका छन । बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा बुधबार मध्यान्ह जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन ।

घाइतेमध्ये पाटन नगरपालिका ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको से १ ज २१७ नं को जीप सिउडे बजार नजिकै बुधबार दिउँसो १२.१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जीपका चालक प्रहरी नियन्त्रणमा छन् ।
रासस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved