लक्ष्मण गौतम, अत्तरिया मंसिर १२ गते ।
उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अप्रत्यासिक रुपमा भएको एमाले माओबादीको गठबन्धन अलोकतान्त्रिक र अपवित्र भएको आरोप लगाउनु भएको छ । लोकतान्त्रिक गठबन्धन कैलालीले सोमवार अत्तरियामा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दे नेता थापाले प्रजातन्त्र प्रतिको प्रतिवद्धता र राष्ट्रिय एकताका लागि काँग्रेस र र राप्रपा एक ठाउँमा आएको बताउनुभयो ।
चुनाबी सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रचार प्रसार संयोजक बालाकृष्ण खाँडले लोकतान्त्रीक गठबन्धनले मुलुकमा शान्ति स्थापना गरेर मुलकलाई आर्थिक समृद्धीको दिशामा अगाडी बढाउने बताउनुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नं ५ की उम्मेदबार आरजु राणा देउबाले नेपाली कांग्रेसले गरेको बिकाश निर्माण चमत्कारीक भएको र नेता देउबाको सक्षमताका कारण अहिले ७ नं प्रदेशले विकाशमा फड्को मारेको बताउनुभयो ।