This is a test

बाढी पिडीतहरुको समस्याप्रति सरकार गम्भीर : प्रधानमन्त्री

0

नवराज पनेरु, धनगढी १ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पिडीतहरुको समस्याप्रति सरकार गम्भीर भएको बताउदै राहतमा कुनै कमि नहुने बताउनुभएको छ । कैलालीको बाढी प्रभावीत क्षेत्रको हवाई निरीक्षणपछि टिकापुरमा राहत सामाग्री हस्तान्तरण गर्दै रातहमा कुनै कमि नहुन बताउनुभएको हो । उहाँले बाढी पिडीतहरुको समस्या समाधानका लागी सरकार योजनाबद्ध रुपमा अगाडी बढिसकेकाले कसैले पनि भोको रहने अवस्था नआउने बताउनुभयो ।

बाँके, बर्दिया र दाङ्गका बाढी प्रभावीत क्षेत्रको अवस्था बुझीसकेपछि टिकापुरको पुरानो एयरपोर्टमा देउवाले जनप्रतिनीधीहरुलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री देउवाले बाढी प्रभावीत क्षेत्रको हवाई निरीक्षणपछि ओर्लीएर १० मिनेट मात्रै टिकापुरमा बिताउनुभएको थियो । यसअघि प्रधानमन्त्री देउवाले आजै टिकापुर र भजनी त्रिशक्ती नगरपालीकाका जनप्रतिनीधहरुसंग पनि छलफल गर्ने कार्यक्रम रहेको बनाईएपनि छलफल भने गर्नुभएन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved