This is a test

बाढीले बगाउदा आमा छोरीको मृत्यु

0

बैतडी, २८ बैशाख ।

तराईमा उखरमाउलो गर्मी बढीरहेका बेला बैतडीमा भने नुहाउदै गरेका आमा छोरीको खहरे खोलामा आएको बाढी (भल) ले बगाएपछि बुधवार मृत्यु भएको छ । बैतडीको दशरथ चन्द नगररपालीका ६ सुकुट्टी भन्ने स्थानमा बुधवार साढे पाँच बजेतिर नुहाउदै गरेका आमाछोरीको भलले बगाएर मृत्यु भएको हो ।

सुकुट्टीका मदनराम महरकी २४ वर्षिय श्रीमती सुनिता महर र ६ वर्षिया छोरी करिश्माको भलले बगाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधवार अपरान्ह ५ः३० वजे बैतडीमा भिषण वर्षा भएको थियो । वर्षा भएपछि अचानक आएको खहरेले दुबैजना आमाछोरीलाई बगाएर चार सय मिटर तल लगेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक कमल विष्टले जानकारी दिनुभयो ।

उहाँले, बालीका शव भने नुहाईरहेको स्थानबाट चारपाँच सय मिटर तलबाट स्थानीयले निकालेको र आमालाई झण्डै डेढकिलोमिटर तल बाट निकालेको प्रहरीले जनाएको छ । मृतक सुनिताका श्रीमान बैदेशिक रोजगारमा छन् । बैशाखमा पहाडि जिल्लातिर हरेक दिन ठुलो पानी परिरहेको हाम्रा सम्बाददाताहरुले जनाएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved