
प्रकाश सिंह, बाजुरा १० भदौ ।
तराईका जिल्लाहरुमा फैलीने मलेरिया बाजुरा जिल्लामा पनि पहिलो देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय बाजुराले हिमाली जिल्ला भनिएको बाजुरामा तापक्रम बढ्दै गएपछि लामखुट्टे बढेका र त्यसले मेलरिया फैलिएको जनाएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा साउनयता २६ जना मलेरियाका बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो ।
जिल्लाका अन्य स्वास्थ्य चौकिमा पनि मलेरियाका बिरामी बढीरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मलेरिया भएपछि, ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने लक्षणहरू देखिन्छन् । तापक्रम बढेसँगै बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका लगायतका कम उचाइमा रहेका स्थानमा पछिल्लो समय औलोका बिरामीहरू बढन थालेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. विजयकुमार शाहले जानकारी दिनुभयो ।