This is a test

बझाङमा सुर्मा देबी मेला शुरु

0

जगदीश रोकाया, बझाङ १९ असोज ।
वझाङको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मा देबी मेला आजदेखि सुरु भएको छ । बर्षेनी कोर्जागत पुर्णिमाको दिनमा लाग्ने सुर्मा देबी मेलामा सदरमुकाममा रहेको सुर्मा मन्दिरमा पुजा आजा गर्नुका साथै बिभिन्न महिला पुरुषहरुका डेउडा खेल भलिबत प्रतियोगीता र साँस्कृतिक कार्यक्रको आयोजना गरी धुमधामका साथ मेला लाग्ने गर्दछ । सुर्मा देवी मेलामा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीता र महिला पुरुष डेउडा खेल र स्थानीय लोक सँस्कृती झल्कने गरी कलाकारहरुले नृत्य प्रर्दशन गर्ने कार्यक्रम रहेको सुर्मा देबी मेला ब्यावस्थापन समितिका संयोजक तथा जयपृथ्बी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष दलबहादुर बिष्टले जानकारी दिनुभयो । जात्रामा स्थानिय उत्पादित बस्तुहरुको बजार समेत लाग्ने गर्दछ । मेलालाई मध्ये नजर गरि चैनपुर बजार तथा आसपास क्षेत्र भित्र मदिरा सेवन गरि होहल्ला गर्नेलाई २२ सय जरिवाना र मदिरा बिक्रि बितरण गर्नेलाई पाँच हजार जरीवाना तोकिएको मेला ब्यबस्थापन समितीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved