This is a test

बझाङमा खोलानालाबाट ढुंगा, गिट्टी र बालुवाको अवैध निकासि

0

बझाङ, ०६ चैत्र ।
बझाङ जिल्लाका विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी र बालुवाको अवैध तरिकाले निकासि भईरहेको छ । जिल्लाका मुख्य नदिका रुपमा रहेका सेती, कालंगा र वाहुलिगाड खोला किनाराबाट अबैध तरिकाले ढुंगा, गिट्टी र बालुवाको निकासि भईरहेको हो ।
यसरी अबैध तरिकाले संकलन गर्दा बाढीको समस्या बढ्नुका साथै नदीनालाको सतह पनि गहिरिएर जाँदा सिँचाइका आयोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् । नदीमा निर्माण गरिएका दर्जनौं झोलुंगे पुल बग्ने र सतह सिँचाइ आयोजना बन्द हुन खतरा बढेको स्थानीयहरु बताउँछन् ।
जिल्लाकै उर्वर भूमिका रूपमा लिइएको सदरमुकाम नजिकैको रिठापाटाको देवल जिउलो सिँचाइ कुलोको बाँध ७ वर्ष यता बर्षै पिक्षे सार्नु परेको स्थानीय प्रविन्द धामीले बतानुभयो । नदीमा बनाइएका भौतिक संरचना को क्षेत्र भन्दा ५ सय मिटर तल माथिसम्म निर्माण सामग्री झिक्न नपाइने नियम भए पनि मनपरि ढंगले दोहन भईरहेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved