फुलवारी महोत्सवको तयारी तिब्र

धनगढी, पुस २४ गते । न्यू बुद्ध स्पोर्टस क्लब फुलवारीको आयोजनामा पुस २९ गते देखि हुनगईरहेको पूmलवारी महोत्सव २०७४ को तयारी तिब्र पारीएको छ । न्यू बुद्ध स्पोट्स क्लबकाअध्यक्ष महेश गोले तामाङले महोत्सवको ६० प्रतिशत काम पुरा भएको बताउनुभयो । स्थानियकला, संस्कृती, पर्यटन, व्यापार र कृषि प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।