This is a test

फुटवल संघका पदाधीकारीलाई बधाई तथा सम्मान

0

नवराज पनेरु, धनगढी माघ ०६ गते ।

अन्तर क्लब युवा समन्वय समिति धनगढीले नव निर्वार्चीत कैलाली जिल्ला फुटवल संघका पदाधीकारीलाई बधाई र सम्मान गरेको छ । फुटवल संघका अध्यक्ष मोहित शाह, उपाध्यक्ष राघवेन्द्र कार्की, सचिव कुमार शाही र सदस्य जितेन्द्र बोगटीलाई सम्मान गरेको हो ।


अन्तर युवा क्लब समन्वय समितिका अध्यक्ष मोहन राज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा समन्वय समितिका सल्लाहाकार मोहित शाह रहनुभएको थियो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि युएनडिपीका क्षेत्रीय संयोजक अर्जुन कुशवाहा रहनुभएको थियो भने युवा शान्ति परिषदका अध्यक्ष प्रेम ढुङ्गाना, ग्राम विकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाका कार्यक्रम संयोजक ठाकुर करिया प्रधान, व्यवसायी रमणचन्द्र श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

बधाई तथा सम्मान कार्यक्रमको संचालन समितिका सचिव कमल राज पनेरुले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका सल्लाहाकार सदस्य चिरन्जीवी आचार्यले गर्नुभएको थियो । धनगढी उपमहानगरपालिकाका २९ वटा युवा क्लबहरुको संजालका रुपमा अन्तर युवा समन्वय समिती गठन गरीएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved