

दीपक जोशी, धनगढी मंसिर ०८ गते ।
प्रधानमन्त्री शेर बहादुर देउवाले ज्वोतीषीले आफुलाई ७ पटक नेपालको प्रधानमन्त्री हुने बताएकोले आफु अझै ३ पटक प्रधानमन्त्री हुने भन्दै व्यक्त गरेको अभिव्यक्ती प्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा प्रतिबाद गर्नुभएको छ । शुक्रवार धनगढीमा संयुक्त बामगठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले देश बाम गठबन्धनमय भईसकेकोले देउवालाई अब प्रधानमन्त्री हुने रहर त्याग्न समेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ज्योतीषले नभई जनताले चुनेर बनाउने कुरा नर्बिसन आग्रह गर्दै ओलीले ४ पटक प्रधानमन्त्री भएर देउवाले विकासका नाममा केहि गर्न नसकेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री पत्नी आरजु राणाप्रति ईंगीत गर्दै ओलीले एक झोला पैसाले घर किन्दैमा स्थानिय उमेद्वार बन्न नसकिने बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा आयोजित चुनावी सभामा शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री रहने कुरा उल्लेख गरेको भोली पल्टै २९ असोजमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले ज्वोतीषले आफुलाई ७ पटक प्रधनमन्त्री बन्छस भनेकोले आफु अझै ३ पटक नेपालको प्रधानमन्त्री बन्ने बताउनुभएको थियो ।![]()
तर देउवाले आफु ७ पटक प्रधानमन्त्री बन्ने भन्दै धनगढीबाट दिएको अभिव्यक्तीको जवाफ एमाले अध्यक्ष ओलीले पनि धनगढीमै आएर दिनुभएको छ । शुक्रवार बामगठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै ओलीले अझै प्रधानमन्त्री हुने रहर त्यागीदिन देउवालाई आग्रह गर्नुभयो । उहाँले ४ पटक प्रधानमन्त्री भएर केहि गर्न नसक्नेलाई अब जनताले प्रधानमन्त्री बन्न नदिने ठोकुवा गर्दै प्रधानमन्त्री जनताले बनाउने हो की ज्योतीषले बनाउने हो भन्दै प्रश्न गर्नुभयो ।
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई अब हुने चुनावपछि प्रधनमन्त्रीको दावेदारका रुपमा हेरिने गरिएको छ । यि दुबै नेताले प्रधानमन्त्री बन्ने बिषयमा दिईरहेको अभिव्यक्तीले नेपालको राजनिति गर्माएको छ । चुनावी सभालाई संवोधन गर्ने हेलीकोप्टर मार्फत देश दौडाहमा रहनुभएका ओलीले धनगढीमा आयोजित सभालाई संबोधन गर्ने क्रममा अधिकांस समय कांग्रेसलाई गाली गर्नमै खर्चीनुभएको थियो । उहाँले प्रधनमन्त्री पत्नी आरजु राणालाई इंगित गर्र्दै एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताउनुभयो ।
कैलाली ५ मा कांग्रेसबाट प्रत्यक्ष तर्फकी उम्मेदवार आरजु राणाले टुरिष्टको आरोप लागेपछि घर किन्नुभएको छ । शुक्रबार धनगढीमा आयोजित चुनावी सभामा राणाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि उम्मेदवार हुन्थे भन्दै कांग्रेसप्रति कटाक्ष गर्नुभयो । चुनावका दौरानमा प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरु फेरिएको भन्दै ओलीले चुनावमा धाँदली गर्ने प्रयास कसैले नगर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारी अधिकारीहरुलाई चुनावपछि कम्युनिष्टको सरकार बन्ने कुराको हेक्का राखेर काम गर्न चेतावनी दिदै मतपत्रको बाकसबाट आँखा नहटाउने गरी परिचालन हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ओलीले चुनावपछि माओवादी केन्द्र र एमालेबिच पार्टी एकता हुने कुरामा कुनै शंका नगर्न आग्रह गनुभयो । धनगढीको चुनावी सभामा माओवादीका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बताईएपनि पुत्रशोकका कारण उहाँ आउनुभएको थिएन । कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, एमाले उपाध्यक्ष भिम रावल लगायत नेताहरुले संवोधन गर्नुभएको थियो ।
