शिबराज भट्ट, धनगढी ०६ आषाढ ।
गृहमन्त्री जर्नादन शर्माले स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा मंगलवार धनगढीमा सहभागी भएपछि आयोजित पत्रकार सम्मेलनमा उहाले असार १४ गतेको अवसरलाई सही सदुपयोग गर्न आग्रह गर्नुभएको हो ।
दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाको मजवुत व्यवस्था गरिएकोले निर्धक भएर आफ्नो मताधिकारको प्रयोग गर्न गृहमन्त्री शर्माले मतदाताहरुलाई आग्रह गर्नुभयो । तराईको २ नम्बर प्रदेशको निर्वाचन राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा ल्याउनका लागि उसकै सहमतिमा सारेको बताउदै गृहमन्त्री शर्माले, अहिले भईरहेको निर्वाचनमा राजपाले स्वतन्त्र रुपमा उमदेवारी दिएर पनि चुनावमा भाग लिईरहेको प्रति खुसी ब्यक्त गर्नुभयो ।
शर्माले राजनितिक कारणले चुनाव सरेको भएपनि चेस्रो चरणमा प्रदेश नम्वर २ मा चुनाव भएरै छोड्ने र त्यसलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले, स्थानीय तहको निर्वाचन लगत्तै प्रदेशको निर्वाचन र त्यसपछि संघीय निर्वाचन सम्पन्न भएपछि मुलुकमा नयाँ विकास र आर्थिक समृद्धीको युगको सुरुवात हुने बताउनुभयो ।
अहिले प्रशासनीक पुर्नसंरचनाको आवश्यकता परेकाले सरकार त्यसमा काम गरिरहेको बताउनुभयो । उहाँले, प्रहरी संगठनभित्र वढी रहेको भष्ट्राचार न्युनीकरणका लागि योजना वनाईएको र त्यसको कार्यान्वयन स्थानीय तहको निर्वाचन सकिने पछि हुने गहृमन्त्री शर्माको भनाई छ ।
यता प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठी धनगढीमा सम्पन्न भएको छ । प्रदेश नम्वर ७ का सवै सुरक्षा निकायका प्रमुख, प्रमुअ जिल्ला अधिकारी लगायतको सहभागीता रहेको गोष्ठीमा स्थानीय तहको चुनावलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा रणनिति समेत तयार पारिएको वताईएको छ ।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरिक्षक सिहबहादुर श्रेष्ठ, नेपाली सेनाका बालाधिकृत रथी बलदेबराज महत, निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीको पनि सहभागिता रहेको थियो । प्रदेश नम्बर ७ का सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा भएको गोष्ठीमा ९ वटै जिल्लाका सुरक्षा प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्था प्रस्तुती समेत गर्नुभएको थियो ।