This is a test

पहिरोमा पुरिएर बालिकाको मृत्यु

0

डीबी विष्ट, बझाङ ६ साउन ।

अविरल बर्षाका कारण पहिरोले घर भत्काउँदा डोटी सायल गाउँपालीका वडा नं. १ का एक वालकको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् ।

घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आउँदा घर भत्किएपछि उक्त घटना भएको हो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिएका छन् । घटनाको अध्ययनका लागि प्रहरी चौकी डौडबाट प्रहरीको टोली गएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved