This is a test

नेपाल तेक्वान्दो संघको प्रदेश समिति गठन

0

सीताराम ओझा, धनगढी माघ १२ गते ।

युवा उद्यमी प्रदीप थापाको अध्यक्षतामा धनगढीमा २७ सदस्यीय नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर ७ स्तरीय तदर्थ समिति गठन गरिएको छ । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट सुनिल थापा र थर्कवहादुर शाह, महासचिवमा कटक सिंह, सचिवमा मोहन प्रताप गुरुङ कोषाध्यक्षमा नवीन जोशी र सह कोषाध्यक्षमा दिपेन्द्र कुँवर छनोट भएका छन । १७ सदस्य र ५ सदस्यीय सल्लाहकार समिती पनि चयन गरिएको छ ।

दिपक विष्ट जस्ता किर्तिमानी खेलाडी जन्माएको प्रदेश नम्बर ७ मा तेक्वान्दोका गतिविधिहरु सुस्ताएकाले, अब प्रतियोगिताहरुको आयोजना गर्ने र खेलाडी उत्पादन तर्फ वढी ध्यान केन्द्रित गर्ने पदाधिकारीहरुले वताएका छन । गठन भएको प्रदेश नम्बर ७ को तर्दथ समितीका पदाधिकारी र सल्लाहाकारलाई प्रमुख अतिथी धनगढी उपहमानगरपालिकाका मेयर नृप वडले टिका र दोसल्ला ओढाएर बधाई दिनुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved