नवराज पनेरु, धनगढी २७ जेठ ।
लामो समयको विवादपछि, नेपाली काँग्रेसको केन्द्रिय समितीले कैलाली जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख र उप–प्रमुखका उम्मेदवारको टुङगो लगाएको छ । धनगढी उपमहानगरपालिका सहित जिल्लाका १३ वटै स्थानीय तहमा मेयर ÷उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको चयन गरी नेपाली काग्रेस जिल्ला कार्य समितीलाई आधीकारीक जानकारी गराएको हो । काँग्रेसले जिल्लामा रहेका १३ वटा स्थानीय तह मध्ये ५ स्थानीय तहका लागि चौधरी समुदायका ब्यक्तिलाई टीकट दिएको छ ।
नेपाली काग्रेसको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रशाद पौडेलद्वारा हस्ताक्षरीत पत्रमा प्रदेश नम्वर ७ को एक मात्र उप–महानगरपालीका धनगढीमा मेयरमा नृप वहादुर ओड र उप–मेयरमा शुसीला भट्ट मिश्रलाई टिकट दिईएको छ । केन्द्रिय सतिमीले आज मात्रै आधीकारीक निर्णय पठाएपनि ओड मेयर पदको उम्मेदवार भएको भन्दै एक साता अघि देखी नै प्रचार प्रशारमा जुटीसक्नु भएको थियो ।
यस्तै गौरीगंगा नगरपालिकाको मेयरमा दिनेशराज जोशी, उप–मेयरमा मेनका जोशी, गोदावरी नगरपालीकाको मेयरमा विरेन्द्र भट्ट तथा उप–मेयरमा भगवती पाठक, टीकापुरको मेयरमा जंगबहादुर साउद र उप–मेयरमा केशरी विष्ट रावललाई टिकट दिईएको छ ।
काँग्रेसले घोडाघोडी नगरपालीकाको मेयरमा रिता कुमारी चौधरी, उप–मेयरमा हेम वहादुर बम, लम्की चुहा नगरपालीकाको मेयरमा भक्त वहादुर थापा तथा उप मेयरमा धना चौधरी, भजनीत्रिशक्ति नगरपालिकाको मेयरमा बीरबहादुर हमाल र उप मेयरमा भारती चौधरीलाई टिकट दिएको छ ।
यस्तै जानकी गाउपालीकाको अध्यक्षमा गंगादेवी चौधरी र उपाध्यक्षमा सुर्य वहादुर वटाला, बर्दगोरीया गाउपालीकाको अध्यक्षमा बलीराम चौधरी तथा उपाध्यक्षमा ललीता भट्ट, मोहन्याल गाउँपालीकाको अध्यक्षमा लोकेन्द्र वहादुर बडुवाल तथा उपाध्यक्षमा रवि कुमारी रनामगर, कैलारी गाउपालीकाको अध्यक्षमा राजसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरी, जोशीपुर गाउपालीकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गिता कठरीया र चुरे गाउपालीकाको अध्यक्षमा टिकाराम ढुङगाना तथा उपाध्यक्षमा धना थापालाई टिकट दिने निर्णय गरेको हो ।