This is a test

नीजि क्षेत्र फुटवल प्रतियोगीता गरी देशमै ईतिहास रच्दै : फुटवल संघ निष्कृय

0

नवराज पनेरु, धनगढी माघ ०४ गते ।
धनगढीमा निजी क्षेत्रले फुटवल प्रतियोगीता गरी देशमै ईतिहास रचिरहेका बेला सरकारी संयन्त्रको फुटवल संघ भने बर्षाैदेखी निष्कृय भएको छ । कैलाली जिल्ला फुटवल संघले आफ्नो ७ औ साधारण सभा सम्पन्न गरेका वेला जिल्लामा फुटवलका गतिवीधी नभएको बर्षाै वितेको छ ।

फुटवल संघमा बर्षौदेखी पद कब्जा गरी बसेका पदाधीकारीहरुले न त जिल्ला स्तरमा फुटवल प्रतियोगीता गरेका छन् न त अखिल नेपाल फुटवल संघलाई यस क्षेत्रमा फुटवलका गतिवीधी बढाउनका लागी पहल नै गरेका छन् ।

फुटवललाई राजनीती गर्ने अखडा मात्रै बनाएको धेरैले आरोप लगाएका छन् । जस कारण फुटवलका नयाँ खेलाडीहरु उत्पादन हुन सकेका छैनन् । कैलालीमा सामान्य खेलकुदका गतिवीधीहरु गर्नका लागी गठन गरीका क्लवहरुले ठुला प्रतियोगीता गरी देशमै तहल्का पिटेका बेला कैलाली जिल्ला फुटवल संघ भने लामो निन्द्रामा सुतेको छ ।

राष्ट्रीय रुपमा पहिचान बनाउका लागी निजी क्षेत्रबाट आयोजना गरीएको सुदुरपश्चिम खप्तड गोल्डकप र खेलाडी उत्पादनका लागी फारवेष्ट पशुपति कपले ठुलो भुमीका खेलेका बेला फुटवल संघ भने उनिहरुलाई सहयोग गर्नुको सट्टा निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगीता असफल पार्न चलखेल गरीरहेको हुन्छ ।

खेलाडी हुँदा र अहिले फुटवल प्रतियोगीताको आयोजक हुँदा कुनै बेला पनि फुटवल संघको साथ, सहयोग नपाईएको फारवेष्ट पशुपति क्लवका अध्यक्ष खेम रावतले वताउनुभयो । निजी क्षेत्रबाट आयोजना गरीएका फुटवल प्रतियोगीता कैलाली जिल्ला फुटवल संघकै निष्कृयताका कारण जन्मीएका हुन् ।

फुटवल संघले गतिवीधी बढाएको भए अहिले सम्म पनि यो क्षेत्रबाट धेरै अव्वल दर्जाका फुटवलहरु जन्मीसकेका हुन्थे । तर फुटवलका कुनै पनि गतिवीधी नभएपछि भएकै खेलाडी पनि पलायन हुन बाध्य भएका छन् ।

निजी क्षेत्रबाट ठुला प्रतियोगीता गर्दा फुटवल संघले प्रतियोगीता असफल पार्न चलखेल गरेको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले आरोप लगाए । अखिल नेपाल फुटवल संघको आयोजनामा २०६९ सालमा राष्ट्रिय महिला लिग र सोही बेला आयोजना गरीएको रेडवुल लिगपछि यो क्षेत्रमा सरकारी स्तरबाट कुनै पनि फुटवलका ठुला गतिवीधी भएका छैनन् ।

फुटवल संघको आयोजनामा हुने प्रतियोगीता बारे भने कसैलाई पनि थाह छैन् । यहि पौषमा महिला लिग धनगढीमा गर्ने तयारी गरीएपनि फुटवल संघकै निष्कृयताका कारण उक्त प्रतियोगीता काठमाडौ सारीएको फुटवल संघका केन्द्रिय सदस्य गणेश चन्दले वताउनुभयो ।
एक दशक भन्दा अघिको समयमा देशकै शक्तिशाली महिला फुटवल टोलीको रुपमा कैलाली रहेको थियो । क्षमता र प्रतिभावान भएका खेलाडीहरुको वर्चश्व भएको समयमा कैलालीले दुर्लभ उपलब्धी समेत हासिल गरेको थियो ।

पुरुष फुटवलमा पनि २०६८ सालमा राष्ट्रीय प्रतियोगीतामै सुदुरपश्चिमले स्वर्ण जितेको थियो जस्मा कैलालीका खेलाडीको बाहुल्यता थियो । तर फुटवल संघका पदाधीकारीहरु फुटवलको विकास भन्दा पनि राजनीती गर्न अग्रसर भएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले स्वीकार गर्नुभयो ।

जिल्ला स्तरमा फुटवलका गतिवीधी बढाउदै फुटवलको विकास गर्नका लागी जिल्ला फुटवल संघ स्थापना गरीएको हो । तर फुटवलका गतिवीधी नगरेर फुटवल संघ के मा व्यस्त छ त ? भन्ने प्रश्नमा हालै जिल्ला अध्यक्षको नेतृत्व १६ वर्षपछि छोड्नु भएका संघका निवर्तमान अध्यक्ष प्रकाश विष्टले विविध कारणले गर्ने प्रयास गर्दा गर्दै पनि सफल नभएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved